• २०८१ बैशाख ८ शनिबार

नेको इन्स्योरेन्सको ३९ करोड २० लाख रुपैयाँको हकप्रद माघ २६ गते

kharibot

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले ३९ करोड २० लाख ९२ हजार आठ सय १० रुपैयाँबराबरको हकप्रद सेयर निष्काशन गर्ने भएको छ । 

कम्पनीले पुँजीवृद्धिको लागि हाल कायम रहेको चुक्ता पुँजी ७८ करोड ४१ लाख ८५ हजार पाँच सय ८९ रुपैयाँबाट दुुईबराबर एकको अनुपातमा एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी ३९ लाख २० हजार नौ सय २८ दसमलव ११ कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।

बिक्री प्रबन्धक एनएमबी क्यापिटलमार्फत यही माघ २६ गतेबाट खुल्ला हुुने हकप्रद सेयरको बिक्री कार्य चैत १ गतेसम्म कायम रहनेछ ।

अधिकृत पुँजी दुुई अर्ब तथा जारी पुँजी एक अर्ब १७ करोड ६२ लाख ७८ हजार चार सय रुपैयाँ रहेको कम्पनीको हकप्रद सेयरको बिक्रीपश्चात् चुक्ता पुँजी एक अर्ब १७ करोड ६२ लाख ७८ हजार चार सय रुपैयाँ पुुग्नेछ ।  

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै