काठमाडौँ । स्पेनिस ला लिगामा गएराती भएको रियल म्याड्रिडको खेलमा रोनाल्डो फेरी ट्रोल भएका छन् ।
खेलमा टाउकोमा चोट लागेर रगताम्मे भएका रोनाल्डोले फिजियोको मोबाइलले आफ्नो अनुहारको चोट हेर्दै गरेको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।
पछिल्लो समय खराब प्रदर्शन र रियल म्याड्रिड व्यवस्थापनसँगको विवादका कारण चर्चामा रहेका रोनाल्डोले यस खेलमा २ गोल गरेका थिए ।
रोनाल्डोले रियलका लागि छैठौ र आफ्नो व्यक्तिगत दोस्रो गोल गर्दा डिपोर्टिभोका खेलाडीको खुट्टाले रोनाल्डोको अनुहारमा लागेर चोट लाग्दा उनि रगताम्य बनेका थिए । त्यसपछि उनको उपचार गर्न आएका फिजियोको मोबाइलले आफ्नो अनुहार हेर्दै गरेको दृश्य हेरेर रोनाल्डोले टाउको हल्लाउदै असन्तुष्टि व्यक्त गरेका थिए ।
उत्कृष्ट फिजीक र फिल्मी अनुहार रहेका रोनाल्डोको यो तस्बिरलाई सामाजिक सञ्जालमा ५ पटकको बेलुन डो अर विजेता कति स्वार्थि छन् भन्ने यसले देखाउछ भन्दै आलोचना गरेका छन् । भने कतिले फुटबलका अलावा रोनाल्डो मोड्लिंग र ब्रान्ड प्रमोशनमा पनि मेसी भन्दा धेरै अगाडी रहेकाले उनको यो प्रतिक्रिया स्वाभाविक रहेको उल्लेख गरेका छन् ।
यस सिजनमा रोनाल्डो र रियल म्याड्रिड दुवैको प्रदर्शन राम्रो नभए पनि डिपोर्टिभोविरुद्धको यो जितले दुवैलाई ठुलो राहत भने दिएको छ ।