• २०८१ बैशाख ८ शनिबार

बार्सिलोनाको विजय यात्रा जारी, मेसी र स्वरेजले गरे २-२ गोल 

kharibot

काठमाडौँ । स्पेनिस ला लिगामा बार्सिलोनाको विजय यात्रा जारी रहेको छ । गएराती भएको खेलमा रियल बेटिसलाई ५-० गोल अन्तरले पराजित गर्दै बार्सिलोना ला लिगामा आफ्नो अग्रता कायम राखेको छ ।

बार्सिलोनाको जितमा लियोनेल मेसी र लुइस स्वरेजले २-२ गोल गरेका थिए भने इभान रकाटीकले एक गोल गरेका थिए ।

पहिलो हाफ बिनाकुनै गोल सकिएको खेलमा दोस्रो हाफमा बार्सिलोनाले ५ गोल गरेको थियो । खेलको ५९औ मिनेटमा राकाटिकले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए भने मेसीले ६४औ र ८०औ मिनेटमा र स्वरेजले ६९औ र ८९औ मिनेटमा गोल गरेका थिए ।

लुइस स्वरेजले यस खेलमा गोल गर्दै बार्सिलोनाका लागि आफ्नो एक सयौ गोल पुरा गरेका छन् । २०१४ मा प्रिमियर लिग क्लब लिभरपुलबाट बार्सिलोना आएका स्वरेजले ११४ खेलमा १०० गोल गरेका छन् ।

साथै लियोनेल मेसीले पछिल्ला १० सिजनमा लगातार हरेक सिजनमा २५ भन्दा बढी गोल गर्दै नयाँ रेकर्ड बनाएका छन् । मेसीले यस सिजनमा ला लिगामा १७ गोल गरेका छन् भने अन्य प्रतिष्पर्धामा बार्सिलोनाका लागि ८ गोल गरेका छन् ।

जितसँगै बार्सिलोना २० खेलमा ५४ लिगको शिर्ष स्थानमा कायम छ भने दोस्रो स्थानमा रहेको एथलेटिको म्याड्रिडबह्न्दा ११ अंकले अगाडी रहेको छ । त्यस्तै रियल बेटिसभने २० खेलमा २० खेलमा २७ अंकसहित लिगको ११औ स्थानमा रहेको छ ।
 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै