• २०८१ बैशाख १४ शुक्रबार

भारतीय प्रधानमन्त्री मोदी र एमाले अध्यक्ष ओलीबिच फोनवार्ता, मोदीले दिए प्रधानमन्त्रीका लागि अग्रिम शुभकामना

kharibot

फाइल फोटो ।

काठमाडौं । नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीलाई आइतबार अपरान्ह भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन गरेका छन्। अध्यक्ष ओली र प्रधानमन्त्री मोदीको फोन वार्तामा अंग्रेजी नयाँ बर्ष २०१८ को शुभकामना आदानप्रदान  भएको ओलीको निजी सचिवालयले जनाएको छ।

फोनवार्तामा प्रधानमन्त्री मोदीले अध्यक्ष ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा शुभकामना दिएका छन् । मोदीले अध्यक्ष ओलीले प्रधानमन्त्रीका रुपमा पदभार ग्रहण गरेपछि आफू भारतमा स्वागत गर्न प्रतिक्षारत रहेको बताएको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

त्यसक्रममा अध्यक्ष ओलीले प्रधानमन्त्री मोदीको प्रस्ताव स्वीकार्दै उनलाई पनि नेपाल भ्रमणको निमन्त्रणा दिएका छन् । अध्यक्ष ओलीले मोदीलाई रामजानकी मन्दिर र मुक्तिनाथको दर्शन गर्न आग्रह गरेको प्रेस संयोजक अधिकारीले बताए ।

प्रधानमन्त्री मोदीले यसअघिको नेपाल भ्रमणमा यी तीर्थ स्थल भ्रमणको इच्छा व्यक्त गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै