• २०८१ बैशाख १२ बुधबार

एमाले- माओवादी संयोजन समिति बैठक : राष्ट्रियसभाको भागबन्डा अनुमोदन

kharibot

काठमाडौँ । नेकपा एमाले र माओवादी केन्द्रबीच एकता गर्न गठित पार्टी एकता संयोजन समितिको आजको बैठक सकिएको छ ।

एमाले अध्यक्ष केपी ओली निवास भक्तपुर बालकोटमा बसेको बैठकमा राष्ट्रियसभा उम्मेदवारको प्रदेशगत भागबन्डा अनुमोदन गरेको छ । 

यस अघि कार्यदलमा सहमति गरिएको राष्ट्रियसभा एमालेले २९ र माओवादीले १४ सिटमा उम्मेद्वारी दिने प्रस्तावलाई आजको बैठकले टुंगो लगाएको हो।

साथै बैठकले नयाँ सरकार गठन भएपछि सुशासन, समृद्धि र विकास निर्माणका कार्यमा सुझाव दिन कार्यदल गठन गरेको छ । सो कार्यदलको स‌ंयोजकमा वामदेव गौतम रहेका छन् भने सदस्यहरूमा भीमरावल, डा.विजय पौडेल, गिरीराजमणी पोखरेल, वर्षमान पुन र मीनबहादुर श्रेष्ठ रहेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै