• २०८१ बैशाख ७ शुक्रबार

तेस्रो खेलमा अस्ट्रेलियालाई हराउदै इङल्याण्डद्वारा सिरिज कब्जा 

kharibot

काठमाडौँ । इङल्याण्डले तेस्रो एकदिवसीय क्रिकेटमा अस्ट्रेलियालाई १६ रनले पराजित गर्दै दुई खेल अगावै एकदिवसीय श्रृङ्खला ३–० ले जितेको छ । यस अघि भएको ५  खेलको एसेज टेस्ट सिरिज ४-० ले गुमाएको इङल्याण्डले एकदिवसीय सिरिजमा भने कब्जा गरेको छ । 

इङल्याण्डले दिएको ३०३ रनको लक्ष्य पछ्याएको अष्ट्रेलिया निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २८६ रनमै सिमित भएको थियो । अस्ट्रेलियाका लागि आरोन फिन्चले ६२, मार्कुस स्टोइनिसले ५६ र मिचेल मार्सले ५५ रन बनाए पनि टोली हारबाट बचाउन भने सकेनन् । 

यसअघि अष्ट्रेलियाको सिड्नीमा टस हारेर पहिले व्याटिङ गरेको इङल्याण्डले ५० ओभरमा ६ विकेट गुमाएर ३०२ रन बनाएको थियो । इङल्याण्डका लागि जोस बट्लरले अविजित १०० र क्रिस ओक्सले नटआउट ५३ रन बनाए । त्यस्तै जोनी ब्रेष्टोले ३९ रन बनाएर आउट भए । 

खेलको म्यान अफ द म्याच इङल्याण्डका जोस बट्लर बनेका थिए ।

चौथो एकदिवसीय खेल आगामी शुक्रबार ओभल क्रिकेट मैदानमा हुने छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै