• २०८१ बैशाख ७ शुक्रबार

‘राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार’ अर्याल र काफ्लेलाई

kharibot

फाइल तस्विर

काठमाडौँ ।  नेपाल पत्रकार महासंघ र शिक्षा विभागद्वारा संयुक्तरुपमा वितरण गरिने ‘राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार–२०७३’ बाट ‘कान्तिपुर’ दैनिकका माधव अर्याल (पाल्पा) र ‘अन्नपूर्ण पोष्ट’ दैनिकका सुरेन्द्र काफ्ले (बाँके) लाई संयुक्तरुपमा प्रदान गर्ने भएको छ । 

महासंघ र विभागद्वारा गठित मूल्याङ्कन तथा छनोट समितिले गरेको सिफारिसका आधारमा रु ७५ हजार राशिको उक्त पुरस्कार दिने निर्णय गरेको महासंघका महासचिव उजिर मगरले बताए । उनले पत्रकारिताका माध्यमबाट शिक्षा क्षेत्रमा योगदान पु¥याएबापत पुरस्कार प्रदान गरिएको बताए । 

यसैगरी बैठकले सात र उपत्यकालाई एक प्रदेश मानी आठ प्रदेशलाई प्रदान गरिने रु ३० हजार राशिको ‘प्रादेशिक शिक्षा पत्रकारिता पुरस्कार–२०७३’ समेत सार्वजनिक गरेको छ । 

उहाँका अनुसार प्रदेश नं १ बाट सरिता राई र भीम चापागाई, प्रदेश नं २ बाट उपेन्द्र ठाकुर र महेशकुमार दास, प्रदेश नं ३ बाट गिरिजा अधिकारी र विमल खतिवडा तथा प्रदेश नं ४ बाट लालप्रसाद शर्मा र अमरराज नहर्कीलाई संयुक्तरूपमा प्रदान गरिने भएको छ । 

यस्तै प्रदेश नं ५ बाट चुरामणि पोखरेल र प्रदेश नं ६ बाट संयुक्तरूपमा प्रकाश अधिकारी र ललितबहादुर बुढा, प्रदेश नं ७ बाट डिलबहादुर सिंह र तेजराज भट्ट तथा काठमाडौँ उपत्यकाबाट गोपाल संग्रौला, शरदकुमार शर्मा र विनोद घिमिरेलाई प्रदान गरिनेछ । 

यसैगरी बैठकले उपत्यकमसहित आठ प्रदेशबाट प्रत्येक प्रदेशबाट दुई जनाका दरले पत्रकारलाई प्रदान गरिने रु २० हजार राशिको ‘शिक्षा लेखनवृत्ति–२०७३’ पनि प्रदान गर्ने निर्णय गरेको छ । 

त्यस्तै उपत्यकासहित आठ प्रदेशका एफएम रेडियोलाई प्रदान गरिने ‘संस्थागत शिक्षा पत्रकारिता पुरस्कार–२०७३’ प्रदान गरिएको छ । रु २५ हजार राशिको उक्त पुरस्कार प्रदेश नं १ बाट रेडियो इलाम (इलाम), प्रदेश नं २ बाट रेडियो सलहेस एफएम (सिरहा), प्रदेश नं ३ रेडियो नमोबुद्ध एफएम (काभ्रे), प्रदेश नं ४ बाट संयुक्तरूपमा सामुदायिक रेडियो परिवर्तन (बाग्लुङ) र रेडियो चौतारी (लमजुङ) लाई प्रदान गर्ने निर्णय भएको छ । 

यसैगरी बैठकले प्रदेश नं ५ बाट रेडियो प्रतिबोध (बाँके), प्रदेश नं ६ बाट रेडियो ध्रुवतारा (दैलेख), प्रदेश नं ७ बाट संयुक्तरूपमा रेडियो बाजुरा (बाजुरा) र रेडियो महाकाली (कञ्चनपुर) र काठमाडौँ उपत्यकाबाट रेडियो थाहा सञ्चार (काठमाडौँ) लाई प्रदान गरेको छ । 

यसैगरी बैठकले राष्ट्रियस्तरका पत्रपत्रिका र टेलिभिजनलाई छुट्टाछुट्टै प्रदान गरिने ‘संस्थागत शिक्षा पत्रकारिता पुरस्कार–२०७३’ पत्रपत्रिकातर्फ ब्लाष्ट दैनिक (सुनसरी) र टेलिभिजनतर्फ कान्तिपुर टेलिभिजन (काठमाडौँ) लाई प्रदान गरिएको छ । 

साथै, यसैवर्षदेखि सुरु गरिएको अनलाइनतर्फको ‘संस्थागत शिक्षा पत्रकारिता पुरस्कार’ ‘एडुखवर डटकम’लाई प्रदान गरिएको छ । 

महासंघ र शिक्षा विभागले शिक्षा क्षेत्रको विकासका लागि समाचार, सूचना र विचार प्रवाह गरेको आधारमा प्रत्येक वर्ष शिक्षा पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको महासचिव मगरले बताए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै