• २०८१ बैशाख ८ शनिबार

आम आदमी पार्टीका २० विधायक अयोग्य घोषित, सरकार भने नढल्ने 

kharibot

नयाँ दिल्ली । दिल्ली राज्यका आम आदमी पार्टीका २० विधायकलाई राष्ट्रपतिले अयोग्य घोषित गरेका छन् । 

आप आदमी पार्टीका २० विधायकमाथि लाभको पद लिएको आरोपमा आफ्नो निर्णय दिदै २० विधायकको प्रदेश सांसद पद खारेजका लागि निर्वाचन आयोगले राष्ट्रपति समक्ष सिफारिश गरेको थियो ।  

राष्ट्रपतिको आदेशसँगै  दिल्ली प्रदेशमा आम आदमी पार्टीका २० प्रदेश सांसदको पद गएको भारतीय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।

२०१५ को दिल्लीको विधान सभा निर्वाचन पछि नै २१ प्रदेश सांसद विरुद्ध संसदको सचिव पद लिएको र यो ‘लाभको पद’ भएको भन्दै मुद्धा दायर गरिएको थियो ।  एक सांसदले भने राजिनामा दिइसकेका छन् ।

गत अगस्तमा संसद्को सचिव पद २०१६ मा नै खारेज भएकोले सो अपिलमा निर्वाचन आयोगको सुनुवाई रोक्न आरोपित विधायकहरुले दिल्ली उच्च अदालतमा अपिल गरेका थिए ।  तर उच्च अदालतले यस विषयमा निर्वाचन आयोगले अझै सुनुवाई सुरु नगरेकाले यस विषयमा सो अपिल स्वीकार नगर्ने बताएको थियो ।

दिल्ली विधान सभामा रहेको ७० सिटमा ६६ सिटमा आम आदमी पार्टीले जितेको थियो भने विजेपीले केबल ४ सिट मात्र जितेको थियो ।  २० संसद्को पद राष्ट्रपतिबाट खारेज भएपनि आम आदमी पार्टीका अझै ४६ सांसद रहने छन् जसबाट सरकार गिर्ने खतरा भने रहेको छैन ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै