• २०८१ बैशाख १३ बिहीबार

पहिलो दिन नै निराश बन्यो सेयरबजार, पाँच समूहले गुमाए

kharibot

काठमाडौं । नेप्से आज घटेको छ । साताको पहिलो कारोबार दिन आज आइतबार नेप्से तीन दशमलव ८५ अंकले घटेर १४ सय दुुई दशमलव ६७ विन्दुुमा झरेको छ । यसैगरी सेन्सिटिभ पनि शून्य दशमलव ७६ अंकले घटेर दुुई सय ९६ दशमलव १० विन्दुुमा झरेको छ ।

कुुल एक सय ६५ कम्पनीहरुको चार हजार आठ सय ९७ वटा कारोबारमा १६ लाख ७६ हजार एक सय १६ कित्ता सेयर खरिद बिक्री भएका छन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुुंदा कारोबार रकम ५० करोड ६१ लाख ४२ हजार आठ सय ५६ रुपैयाँ पुुगेको छ । 

नेप्सेमा आज सबैगरी कुुल १० वटा समूहको कारोबार भएकोमा पाँच समूहको कारोबार सूचक बढेको भएपनि  पाँच वटा समूहको सूचक घटेको छ । वाणिज्य बैंक समूहको सूचक दुुई दशमलव ५७ अंकले घटेर १२ सय १४ दशमलव ११ विन्दुुमा झरेकोमा १३ करोड १० लाख ६६ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

बीमा समूहको सूचक पनि ७५ दशमलव ९९ अंकले घटेर सात हजार एक सय ९४ दशमलव ४५ विन्दुुमा झरेकोमा आठ करोड ४४ लाख ४० हजार सात सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ । यसैगरी बिकास बैंक, जलविद्युुत र लघुवित्त समूहको सूचक पनि घटेका छन ।

फाइनान्स समूहको सूचक भने आज दुई दशमलव ३२ अंकले बढेर सात सय २१ दशमलव ४४ अंकमा कायम रहेकोमा २६ लाख ७० हजार दुुई सय ८० रुपैयाँको सेयर खरिद बिक्री भएको छ । यसैगरी ट्रेडिङ समूहको सूचक पनि दुुई दशमलव दुुई अंकले बढेर एक सय ९१ दशमलव ५५ विन्दुुमा पुुगेको छ । उत्पादनमुुलक र अन्य समूहको सूचक पनि आज बढेका छन । 

आज बढी कमाउने कम्पनीको सुचीमा परेको सानाकिसान बिकास बैंकको सेयर मुल्य दुुई रुपैयाँ ६५ पैसाले बढेर ११ सय ९८ रुपैयाँमा प्रतिकित्ता सेयर कारोबार भएको छ भने बढी गुुमाउने कम्पनीको सुचीमा परेको सिटिजन्स बैंकको संस्थापक सेयरको मुल्य छ रुपैयाँ २५ पैसाले घटेर एक सय ५० रुपैयाँमा सेयर कारोबार भएको छ ।

रकम कारोबारका आधारमा अग्रस्थानमा परेको ग्लोवल आईएमई बैंकको संस्थापक सेयरतर्फ एक सय ७९ रुपैयाँ अन्तिम मुल्यमा नौ करोड ४३ लाख १२ हजार एक सय ६१ रुपैयाँको सेयर कारोबार भएको छ ।

यसैगरी सानिमामाई हाईड्रो पावर कम्पनीको पनि चार सय २१ रुपैयाँ अन्तिम मुल्यमा पाँच करोड ६४ लाख ९७ हजार तीन सय १३ रुपैयाँको सेयर कारोबार भएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै