• २०८१ बैशाख ८ शनिबार

गायक एड शिरनले गरे बाल्यकालीन साथी चेरी सिबर्नसँग इन्गेजमेन्ट 

kharibot

तस्बिर : : Beretta/Sims/Rex/Shutterstock/the guardian

हलिउड / चर्चित बेलायती गायक एड शिरनले बाल्यकालकी संगिनी चेरी सिबर्नसँग इन्गेजमेन्ट गरेका छन् । उनले इन्स्टाग्राममा तस्बिर सार्वजनिक गर्दै उक्त जानकारी दिएका हुन् । शिरनको इन्स्टाग्राममा १८ मिलियन अनुयायी (फलोअर)हरु छन् । 

शिरनले सिबर्नसँग सन् २०१५ देखि डेटिंग जानथालेका थिए । एकपटक दुर्घटनामा पर्दा शिरनको हेरविचार पनि उनैले गरेकी थिइन् । शिरनले त्यतिबेला सिबर्नले आफ्नो दाँतसमेत माझिदिएको भन्दै उनी असल महिला भएको क्यापिटल ब्रेकफाष्ट शोलाई बताएका थिए ।

उनीहरु बाल्यकालका साथी हुन् । शुफोकमा सँगै स्कुल जाने उनीहरु अब बिहे गर्ने सुरसारमा लागेका हुन् । शिरनले गत वर्षको फेब्रुअरीमा दुईको सम्बन्धबारे रेडियो २ मा सार्वजनिक गरेका थिए । सिबर्नसँग रहँदा आफू सुरक्षित रहेको समेत उनले बताएका थिए । 

शिरनको गीत युट्युबमा अर्बभन्दा बढीले हेरेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै