• २०८१ बैशाख १३ बिहीबार

यी ७ संकेत देखिएमा मान्नुहोस्, तपाईंको फोन ह्याक भएको छ 

kharibot

प्रविधि । तपाईंको खल्तीमा भएको फोनमा धेरै सूचनाहरु हुनसक्छन् । साथीहरुको तस्बिरदेखि जरुरी फोन नम्बर, बैंक एकाउन्ट नम्बर यी सबै फोनमा हुनसक्छन् । किनकि खल्तीको फोन केवल फोन नभएर पकेटको रकेट भएको छ आजको समयमा । यस्तो महत्वपूर्ण चीज ह्याक भयो भने कसरी थाहा पाउने कि तपाईंको फोन ह्याक भयो भनेर ? समस्या हुन्छ र यसको समाधान पनि हुन्छ नै । कुनै पनि मोबाइल प्रयोगकर्ताले यी सात कुरा ध्यान दिए आफ्नो फोन ह्याक भइरहेको भन्ने थाहा पाउन सक्छ । 

१. फोन स्पिड 
यदि तपाईंको फोन सामान्यभन्दा कम गतिमा चलिरहेको छ भने कि त्यो भाइरसको कारण कि मलिसियस किस्मको कारण हुनसक्छ । मेलिसियस प्रोग्राम जसले फोनको प्रस्तुति र प्रयोगकर्तालाई नोक्सान पुर्याउन सक्छ । यसप्रकारका भाइरसले फोनको सिधै गति प्रभावित गरिदिन सक्छ । तर कहिलेकाही नियमित रुपमा फोनको अपरेटिंग सिष्टम अपडेट हुँदा पनि यस्तो हुनसक्छ । एप्पलले पुराना आईफोनको गति कम गरेको स्वीकारेको थियो । 

२. फोन बढी तात्नु 
तपाईंले ध्यान दिएकै हुनुपर्छ कहिलेकाहीँ तपाईंको फोन सोचेभन्दा बढी तात्छ । अमेरिकी इन्टेल टेक्नोलजीका विज्ञका अनुसार कुनै मेलिसियस एप्लिकेसन ब्याकग्राउण्डमा चलिरहेको कारण पनि यस्तो हुनसक्छ भने अर्को कारण फोनलाई सही तरिकाबाट बन्द नगर्दा पनि यस्तो हुन्छ । 

३. ब्याट्री लाइफ 
फोन लगातार तातिरहँदा यसको असर ब्याट्रीमा पर्न जान्छ । सोही कारण ब्याट्री आफ्नो आयुभन्दा कम समय नै चल्छ । तर सिष्टम अपडेटको कारण पनि ब्याट्री नटिक्न सक्छ । मोबाइल जोन वेबसाइटका अनुसार यदि अपडेट धेरै नै नयाँ र प्रभावशाली छ भने यसले खासै समस्या ल्याउँदैन । 

४. अज्ञात म्यासेज 
कुनै कुनै बेला फोन ह्याक भएको जानकारी तपाईंभन्दा चाँडो साथीलाई थाहा हुनसक्छ । तपाईंलाई कैयौँपटक नचिनेको नम्बरबाट म्यासेज आएकै होला । अथवा कहिलेकाहीँ आफैँ फोनबाट म्यासेज गएको पनि याद नै होला । यस्तो अवस्थामा म्यासेज साथीसम्म पुग्नसक्छ । यस्तो ह्याकरहरुको कारण भएको हुनसक्छ । यस्तोमा तपाईंले एउटा मात्रै बटनको भरोसा गर्नु ठीक हुन्छ त्यो भनेको डिलेट नै हो । यस्ता सन्देशहरु इमेलबाट पनि आउनसक्छन् । त्यस्तो अवस्थामा म्यासेजमा पठाइएको कुनै पनि लिंक क्लिक गर्नुहुँदैन । 

५. कुनै विन्डो खुल्नु 
कुनै यस्ता भाइरस पनि हुन्छन् जुन अचानक आफ्नो फोनमा खुल्न पुग्छन् । कहिले विज्ञापनको रुपमा त कहिले नयाँ विन्डोको रुपमा ट्याबमा आउँछन् । कम्प्यूटरको भाषामा यसलाई पप अप्स भनिन्छ । साइबर सेक्युरिटी एक्सपर्ट जोसेफ स्टिनबर्गका अनुसार जब कम्प्यूटरमा इन्टरनेटको कारण नयाँ ट्याब खुल्छन्, फोनमा पनि कहिलेकाहीँ खुल्छन् । यसदेखि सावधान भएर टाढै रहनुपर्छ । 

६. नयाँ एप 
तपाईंले फोनमा कहाँबाट एप डाउनलोड गर्नुहुन्छ, यी सबैको महत्व हुन्छ । धेरैजसो तपार्इंले सोचेभन्दा चाँडै इन्टरनेट प्याक सकिन्छ भने अनावश्यक एपले तपार्इंको डाटा खाइरहेको हुनसक्छ । स्टिनबर्गका अनुसार फोनलाई अपडेट गरिराख्न जरुरी छ । तर एप बनाउने कम्पनी विश्वसनीय हुनु पनि उत्तिकै जरुरी हुन्छ । 

७. ब्याकग्राउण्डको आवाज 

इन्टरनेटमा केही काम गर्दा अनौठो साउण्ड आउँछ । अथवा वेब पेज खोल्दा असामान्य कुराहरु देखिन्छन् । यस्तो कहिलेकाही किन हुन्छ भने टाढाबाट ह्याकरले तपाईंको फोन कन्ट्रोल गरिरहेको हुनसक्छ । यसको नतिजा तपाईंको फोन अनौठो प्रकारले काम गर्न थाल्छ । सबैभन्दा डराउनुपर्ने कुरा त जब तपाईं कोहीसँग फोन गर्दै हुनुहुन्छ भने तपाईंको कल रेकर्ड कसैले गरिरहेको पनि हुनसक्छ । यस्तोमा यदि बिप वा यस्तै आवाज लगातार आइरह्यो भने कल रेकर्ड भइरहेको सम्भावना बढी हुन्छ । 

समाधान के त ? 

  • # यी सबैकुराको समाधान छ । विश्वसनीय कम्पनीको एउटा एन्टिभाइरस फोनमा राख्नुहोस् । 
  • # जुन एप तपाईंले इन्स्टल गर्नुभएको होइन, त्यसलाई तुरुन्तै डिलेट गरिदिनुहोस् । 
  • # वाईफाईको चक्करमा जहाँ पायो त्यहाँ फोन नजोड्नुहोस् । 
  • # फोनमा कसैले अनुमानसम्म पनि गर्न नसक्ने पासवर्ड राख्नुहोस् । 
  • # पप अप्समा कहिल्यै भुलेर पनि क्लिक नगर्नुहोस् । 
  • # डिभाइसलाई अपडेट गरिराख्नुहोस् तर सम्हालिएर गर्नुहोस् । 
  • # आफ्नो इन्टरनेट कसरी खर्च भइरहेको विचार पुर्याइराख्नुहोस् ।

बीबीसी हिन्दीबाट । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै