• २०८१ बैशाख १३ बिहीबार

‘शत्रु गते’ को पहिलो गीत 'रुपै मोहनी' ५० लाखभन्दा बढीले हेरे 

kharibot

काठमाडौँ । फिल्म ‘शत्रु गते’ को सार्वजनिक गरिएको पहिलो गीत ‘रुपै मोहनी’ लाइ दर्शकले रुचाएका छन् ।

सार्वजनिक भएको तिन सातामै यस गीतलाई पचास लाख भन्दा बढीले हेरिसकेका छन् । गीत नेपाल ट्रेण्डीङको नम्बर २७ (न्युज तयार पार्दा सम्म) मा रहेको छ । ‘रुपै मोहनी’ बोलको गीतमा शब्द लोकराज अधिकारीको रहेको छ भने यसमा संगीत टंक बुढाथोकीले दिएका छन् ।

गीतलाई टंकले मीना निरौलासंग संयुक्त रुपमा गाएका छन् । कविराज गहतराजको निर्देशनमा तयार भएको गीतलाई दिर्घ गुरुङले खिचेका हुन् । हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, पल शाह, आँचल शर्मा, प्रियंका कार्की लगायतका कलाकारहरुको उपस्थिति भएकै कारण पनि फिल्मको हाइप बढ्दो छ । यस गीतमा तीन पुस्तालाई देखाइएको छ । गीतमा हरिवंश र दीपा , दीपक र प्रियंका तथा पल र आँचलको जोडीलाई दर्शकले देख्न पाउनेछन् ।

नेपाली फिल्मनगरीमा हरिवंश , दीपक र पललाई तिन पुस्ताको रुपमा पनि हेर्ने गरिन्छ । मित्र देव गुरुङको सम्पादनमा तयार गीतलाई दर्शककै अनुरुप बनाउने कोशिश गरिएको निर्माण पक्षको भनाइ छ ।

डेब्यु फिल्म ‘जात्रा’ मार्फत निर्देशनमा आएका प्रदीप भट्टराईले यस फिल्मलाई निर्देशन गरिरहेका छन् । तराई र काठमाण्डौमा छायाँकन गरिएको यस फिल्मलाई दर्शकले चैत्र ९ गते हेर्न पाउनेछन् । फिल्मलाई मह सञ्चारले निर्माण गरेको हो भने यसको प्रस्तुतकर्ता किरण केसी रहेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै