• २०८१ बैशाख १२ बुधबार

खुकुरी प्रहार गरी श्रीमतीको हत्या

kharibot

सुरुङ्गा, झापा ।  झापाको अर्जुनधारा नगरपालिका–१ निवासी एक व्यक्तिले श्रीमतीको गए राति हत्या गरेका छन् । 

इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक ज्ञानबहादुर विष्टका अनुसार २३ वर्षीय दिनेश गहतराजले १७ वर्षीया श्रीमती लेनिषा लिम्बूको खुकुरी प्रहरा गरी हत्या गरेका हुन् । लेनिषा १५ दिनकी सुत्केरी रहेको बताइएको छ । श्रीमतीको हत्यामा संलग्न गहतराजलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै