• २०८१ बैशाख १४ शुक्रबार

प्रिमियर लिगमा आर्सनलको सहज जित 

kharibot

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले क्रिस्टल प्यालेसमाथि सहज जित हासिल गरेको छ । 

गएराती भएको खेलमा आर्सनलले प्यालेसलाई ४-१ गोल अन्तरले पराजित गरेको हो । आफ्ना स्ट्राइकर एलेक्सिस सान्चेजलाई युनाइटेड बेच्ने तयारी गरेको र थियो वालकटलाई इभर्टन बेचेको आर्सनलले उत्कृष्ट प्रदर्शन गर्दै तीन खेल पछि प्रिमियर लिगमा जित हासिल गरेको छ । 

आर्सनलको जितमा नाचो मोनरियल, इवोबी, कोसाईलनी र लाकाजेटेले गोल गरेका थिए । त्यस्तै क्रिस्टल प्यालेसका लागि मिलिभोजेभिकले गोल गरेका थिए ।

जितपछि आर्सनल २४ खेलमा ४२ अंक सहित लिगको छैठौ स्थानमा रहेको छ भने क्रिस्टल प्यालेस २४ खेलमा २५ अंकसहित लिगको १३औ स्थानमा रहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै