• २०८१ बैशाख १४ शुक्रबार

बर्नलीमाथि म्यानचेस्टर युनाइटेडको जित, मार्सियलले गरे निर्णायक गोल 

kharibot

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले जित हासिल गरेको छ । गएराती भएको खेलमा युनाइटेडले बर्नलीमाथि १-० को जित हासिल गरेको हो ।

युनाइटेडको जितमा एक मात्र गोल एन्टोनी मार्सियलले गरेका थिए । मार्सियलले खेलको ५४औ मिनेटमा गोल गर्दै युनाइटेडलाई विजयी बनाएका थिए ।

मार्सियलले यो गोलसँगै यस सिजनमा ९ गोल गरेका छन् भने उनले लगातर तीन प्रिमियर लिग खेलमा युनाइटेडका लागि गोल गरेका छन् । 

जितपछि युनाइटेड २४ खेलमा ५३ अंकसहित लिगको दोस्रो स्थानमा रहेको छ भने शिर्ष स्थानमा रहेको सिटीभन्दा १२ अंकले पछाडी रहेको छ । त्यस्तै बर्नली २४ खेलमा ३४ अंकसहित लिगको आठौ स्थानमा रहेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै