• २०८१ बैशाख ७ शुक्रबार

प्रिमियर लिग चेल्सीको सजिलो जित, हजार्डले गरे दुई गोल 

kharibot

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले ब्राइटनलाई ४-० गोल अन्तरले पराजित गरेको छ । 

शनिबार ब्राइटनको घरेलु मैदानमा भएको खेलमा चेल्सीले सजिलो जित हासिल गरेको हो । चेल्सीका लागि इडेन हजार्डले दुई गोल अग्रे भने विलियन र भेक्टर मोयसले एक एक गोल गरेका थिए ।

खेलको तेस्रो मिनेटमा नै चेल्सीका हजार्डले गोल गर्दै चेल्सीअली सुरुवाती अग्रता दिलाएका थिए भने खेलको ५औ मिनेटमा विलियनले गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारेका थिए ।

पहिलो हाफमा २-० को अग्रता लिएको चेल्सीले खेलको ७७औ मिनेटमा हजार्डको गोलमा र ८९ मिनेटमा मोयसको गोलमा ४-० जो जित हासिल गरेको थियो ।

चेल्सीले पछिल्ला ५ खेलपछि जित निकालेको छ । यो जितपछि चेल्सीको २४ खेलमा ५० अंक भएको छ बहने चेल्सी लिगको तेस्रो स्थानमा रहेको छ । त्यस्तै ब्राइटन २४ खेलम २३ अंकसहित लिगको १६औ स्थानमा रहेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै