आइपिएलको अक्सन सुचिमा परे सन्दीप लामिछाने

खरीबोट

काठमाडौं । इण्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)को खेलाडी अक्सनका लागि नेपाली युवा क्रिकेटर सन्दिप लामिछानेलाई पनि सुचिमा राखिएको छ ।

आईपीएलले अक्सनका लागि आज जारी गरिएको खेलाडीहरुको सुचिमा ३६० भारतीयसहित ५७८ खेलाडी रहेका छन्, जसमा २७६ नम्बरमा सन्दिपको नाम छ । एशोसिएट देशबाट परेका उनले न्यूनमत मूल्य २० लाख भारु ताकिएको छ ।

जनवरी अक्सन २७ र २८ तारेखमा भारतको बेङ्लुरुमा हुने अक्सनमा फ्रान्चाइज टिमहरुले सुचिमा रहेका खेलाडीहरुलाई आफ्नो टिममा भित्र्याउन बोली लगाउनेछन् । 

विगतमा माइकल क्लार्कको सहयोगमा अष्ट्रेलियामा समेत खेलिसकेका कारण सन्दीपले अन्तर्राष्ट्रिय एक्सपोजर पाएका हुन् ।

अक्सनमा आइपिएल तिम्ले सन्दीपलाई बोलि लगाएमा उनि आइपिएल खेल्ने पहिलो नेपाली खेलाडी हुनेछन् । 
 

सम्बन्धित समाचार

आइपिएल अक्सन : रिक्सा चालकको छोरा करोडपति, अरबपतिको छोराको मुल्य ३० लाख !

काठमाडौँ । अहिले नेपालमा इन्डियन प्रिमियर लिग (आइपिएल) को चर्चा ह्वात्तै बढेको छ । नबढोस पनि किन नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने आइपिएलमा खेल्ने पहिलो नेपाली खेलाडी बनेका छन् ।

सन्दीपले भने यात्रा अब सुरु भयो, क्लार्कले भने ‘लिटिल च्याम्पियनमाथि गर्व गर’ 

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली डेयरडेभिल्सले नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेलाई किनेपछि पहिलो प्रतिक्रिया दिएका छन् । सन्दीपले दिल्लीले आफुलाई लिएकोमा धेरै खुशी भएको भन्दै आफ्नो यात्रा

सन्दीपको आइपिएल उडान र क्लार्कको खुशी

काठमाडौँ । एसोसिएट क्रिकेटको स्पिन बलर सन्दीप लामिछाने भारतीय क्रिकेट प्रिमियर लिगमा छानिने पहिलो नेपाली खेलाडी बनेका छन् । उनलाई दिल्ली डेयरडेभिल्सले २० लाख भारतीय रुपैयाँमा किनेको हो । सन्दीपको

दिल्ली डेयरडेभिल्सले भन्यो ‘सन्दीपलाई टिममा स्वागत छ’

काठमाडौँ । नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई किनेको दिल्ली डेयरडेभिल्सले सन्दीपलाई आफ्नो टिममा स्वागत गरेको छ ।  सामाजिक सञ्जाल ट्वीटरमा दिल्लीले आइपिएलको इतिहासमा पहिलो पटक नेपाली खेलाडीले आफ्नो टिमबाट खेल्न लागेकोमा