• २०८१ बैशाख ८ शनिबार

दाङमा जारी आमहडताल आज राति ११ बजेपछि फिर्ता हुने

kharibot

तुलसीपुर, दाङ  ।  प्रदेश नं ५ को अस्थायी राजधानीको माग गर्दै विगत पाँच दिनदेखि दाङमा जारी आमहडताल आज राति ११ बजेपछि फिर्ता हुने भएको छ । 

संघर्ष समितिको लमहीमा केहीबेर अगाडि बसेको बैठकले आन्दोलनका अन्य कार्यक्रम भने जारी रहने संघर्ष समितिका सचिव एवं माओवादी केन्द्र दाङका नेता निर्मल आचार्यले जानकारी दिए। 

आइतबार बिहानदेखि यहाँका शिक्षण संस्था, यातायातका साधन, उद्योग तथा कलकारखाना, बजार नियमितरुपमा सञ्चालन हुनेछन् ।  त्यसैगरी चक्काजाम, धर्ना, ज्ञापनपत्र बुझाउनेलगायत आन्दोलनका कार्यक्रम भने जारी रहने आचार्यले जानकारी दिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै