दाङमा जारी आमहडताल आज राति ११ बजेपछि फिर्ता हुने

खरीबोट

तुलसीपुर, दाङ  ।  प्रदेश नं ५ को अस्थायी राजधानीको माग गर्दै विगत पाँच दिनदेखि दाङमा जारी आमहडताल आज राति ११ बजेपछि फिर्ता हुने भएको छ । 

संघर्ष समितिको लमहीमा केहीबेर अगाडि बसेको बैठकले आन्दोलनका अन्य कार्यक्रम भने जारी रहने संघर्ष समितिका सचिव एवं माओवादी केन्द्र दाङका नेता निर्मल आचार्यले जानकारी दिए। 

आइतबार बिहानदेखि यहाँका शिक्षण संस्था, यातायातका साधन, उद्योग तथा कलकारखाना, बजार नियमितरुपमा सञ्चालन हुनेछन् ।  त्यसैगरी चक्काजाम, धर्ना, ज्ञापनपत्र बुझाउनेलगायत आन्दोलनका कार्यक्रम भने जारी रहने आचार्यले जानकारी दिए । 

सम्बन्धित समाचार

दाङको धनौरीमा खानेपानी आयोजना सञ्चालनमा 

तुलसीपुर । दाङको शान्तिनगर गाउपालिका ५ धनौरीको बैशामा साढे २ करोडको लागतमा ५ सय घरधुरी लाभान्वीत हुनेगरी  खानेपानी आयोजना निर्माणकार्य सम्पन्न भएको छ । निर्माण कार्यमा २ वर्ष लागेको थियो

दाङबाट रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ ।  सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवासी ३६ वर्षीय टोपबहादुर वली र कपुरकोट गाउँपालिका–६ निवासी ५१ वर्षीय

दाङको जंगलमा दुर्लभ वन्यजन्तु ‘चौका’ फेला पर्यो

दाङ । नेपाल र भारतमा मात्र पाइने दुर्लभ वन्यजन्तु चौका लमहीको नारायणपुर टिकुलीगढको वनमा भेटिएको छ ।  अंग्रेजीमा फोर हर्न एन्टिलोप नामले चिनिने सो जनावर नेपालको संरक्षित स्तनधारी जनावरमध्ये एक हो

राष्ट्रियसभाका मतदाता दाङमा स्वागतको तयारी, पर्यटकीय स्थलको भ्रमण गराइने

दाङ । राष्ट्रियसभा चुनावअन्तर्गत प्रदेश नं ५ को चुनावका लागि दाङ आउने मतदातालाई दाङको घोराही उपमहानगरपालिकाले पर्यटकीय स्थलहरू भ्रमण गराउने भएको छ ।  प्रमुख नरुलाल चौधरीले घोराही उपमहानगरले घोराहीमा आउने सबै मतदातालाई अतिथिका