अस्थायी मुकामलाई लिएर आन्दोलन गर्नु अनुचित – वरिष्ठ नेता खनाल

खरीबोट

काठमाडौँ ।  नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले प्रदेशको अस्थायी मुकामको विषयलाई लिएर अहिले विवाद, बखेडा झिकेर आन्दोलन गर्नु उपयुक्त नहुने बताएका छन्  । 

रिपोर्टर्स क्लबद्वारा आज यहाँ आयोजित साक्षात्कारमा उनले भने– अस्थायी राजधानी स्थायी रहँदैनन् । प्रदेशले यो बारेमा आफैँले निर्णय गर्नेछ, यद्यपि प्रदेशको राजधानी तोक्नेबारेमा सरकारले भने राम्रो ढंगले बुद्धि पुर्याएन । 

प्रदेश प्रमुख वर्तमान सरकारले नै नियुक्ति गर्ने हो, नियुक्ति गरिएको विषयलाई हामीले कुनै आश्चर्य र अनौठो ढंगबाट लिएका छैनौँ, अब प्रदेशको प्रक्रिया अघि बढ्छ, उहाँहरुको काम र क्रियाकलापलाई हेर्दै प्रदेश प्रमुखहरु पदमा कति रहन्छन् वा रहन्नन् भन्ने कुरा आगामी सरकारले निर्णय गर्नेछ, उनले  भने । 

लामो संघर्षमय जीवन भएको, लोकतान्त्रिक आन्दोलनमा लामो योगदान भएको र राष्ट्रको महत्वपूर्ण नेतृत्व पंक्तिमा बसेर काम गरेको व्यक्तिलाई राष्ट्रपति जस्तो गरिमामय पदमा पठायो भने राष्ट्रकै निम्ति महत्वपूर्ण हुनेछ भन्दै वरिष्ठ नेता खनालले भने– पार्टीले दिने जिम्मेवारीलाई दृढतापूर्वक पालना गर्छु, जे जिम्मेवारी दिए पनि पालना गर्न सक्छु, जिम्मेवारी मबाट शिरोधार्य हुनेछ । 

आगामी फागुनको दोस्रो साता एमालेको नेतृत्वमा गठन हुने सरकारले लोकतन्त्रलाई संस्थागत गर्ने, व्यापक गर्ने र जनजनमा पु¥याएर दिगो बनाउने, मुलुकको सार्वभौमसत्ता र अखण्डताको सुदृढीकरण गर्ने, सामाजिक आर्थिक रुपान्तरणलाई तीव्र तुल्याउने, विविधतायुक्त वैभवलाई विकास गरी समृद्ध गर्ने र अन्तरराष्ट्रिय जगत्सँगको सम्बन्धलाई सुदृढ तुल्याउने कामलाई प्राथमिकतामा राखेर काम गर्नेछ – उनले भने । 

मुलुकबाट बेरोजगारी, गरिबी, अविकास, रोगब्याधी, निरक्षरतालाई उन्मूलन गर्नु आगामी सरकारका लागि अवसर र चुनौती रहेको बताउँदै वरिष्ठ नेता खनालले समृद्ध र खुशी नेपालको लक्ष्य हासिल गर्ने ढंगले आगामी सरकारले काम गर्ने विश्वास व्यक्त गरे । 

सम्बन्धित समाचार

प्रदेश नं ६ को पहिलो मन्त्रिपरिषद् बैठकद्वारा २१ निर्णय पारित [हेनुहोस्]

सुर्खेत । प्रदेश नं ६ प्रदेशको मन्त्रिपरिषद्को पहिलो बैठक आज बसेको छ ।  नयाँ मन्त्रिमण्डल गठन भएपछि प्रदेश नं ६ को मन्त्रिपरिषद्को पहिलो बैठक आज बसेको हो । आज बसेको मन्त्रिपरिषद् बैठकले २१

राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न गर्ने

कैलाली । प्रदेश नं ७ को आज बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले प्रदेश सरकार कार्यविभाजन नियमावली, प्रदेश सरकार कार्यसम्पादन नियमावली र केही सामाजिक निकट प्रमाणीकरण सम्बन्धित नियमावली २०७४ लाई स्विकृत गर्ने

प्रदेश नं ६ मा मन्त्रिपरिषद् विस्तार, को को भए मन्त्री?

सुर्खेत । प्रदेश नं ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज मन्त्रिपरिषद् विस्तार गरेका छन् ।  सत्ता साझेदार दल नेकपा एमाले र माओवादी केन्द्र बीच मन्त्रालयको भागबण्डा नमिल्दा रोकिएको मन्त्रिपरिषद् विस्तारलाई मुख्यमन्त्री

जिल्ला सदरमुकामसँग यातायात जोडिने

हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको राजधानी हेटौँडाबाट तेह्र जिल्लाको सदरमुकाम जोड्ने बाटो निर्माण मुख्य प्राथमिकतामा पर्ने बताएका छन् ।  मुख्यमन्त्री पौडेलले हेटौँडा उपमहानगरपालिकाको दोस्रो नगरसभा बैठकलाई