ओली र प्रचण्डबीच आज पनि भेटवार्ता, राष्ट्रिय सभाको निर्वाचन प्रमुख एजेन्डा  

खरीबोट

फाइल तस्बिर

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच ओली निवास भक्तपुर बालकोटमा छलफल सुरु भएको छ ।

बैठकमा राष्ट्रिय सभाको निर्वाचनमा उम्मेदवारको भागबन्डाका विषयमा कार्यदलले तयार पारेको प्रतिवेदन,  प्रदेश सरकारको गठन सम्बन्धी रिपोर्ट र आइतबार बस्ने पार्टी एकता संयोजन समितिको बैठकका एजेण्डा, पार्टी एकताको साझा दस्तावेजलगायतका विषयमा छलफल हुने बताइएको छ । 

ओली र प्रचण्डबीच सुक्रबार करिब तीन घन्टासम्म वान टु वान बार्ता भएको थियो । 


 

सम्बन्धित समाचार

प्रदेश ५ को उपसभामुखमा वाम गठबन्धन र काँग्रेसको उम्मेदवारी

बुटवल ।  प्रदेश नं ५ को उपसभामुख पदका लागि आज नेपाली काँग्रेसकी रिना खनाल विकले पनि उम्मेदवारी दर्ता गराएकी छन् । काँग्रेसले अन्य प्रदेशसभा सभामुखसँगै उपसभामुख पनि उम्मेदवारी दिएको थिएन । तर प्रदेश नं

प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता

भक्तपुर । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ ।  प्रधानमन्त्री ओलीको निजी निवास बालकोटमा आज भएको डेढ घण्टा लामो

सरकार गठनको दाबि बोकेर ओली र प्रचण्ड शितलनिवास जादै

काठमाडौँ । सरकार गठनको दाबि बोकेर एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विहिबार विहान शितलनिवास जादैछन् । बिहान ९ बजे ओली र प्रचण्डसहितका नेताहरु पत्र

राष्ट्रपतिले बुझिन् मतपरिणाम, वाम गठबन्धनले नयाँ प्रधानमन्त्रीको दाबी तत्काल प्रस्तुत गर्ने 

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगले गत मंसिर १० र २१ गते सम्पन्न प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिक निर्वाचनको अन्तिम नतिजासहितको प्रतिवेदन बुझाएको छ ।  शीलत निवासस्थित राष्ट्रपति कार्यालयमा बुधबार साँझ