• २०८१ बैशाख १३ बिहीबार

काठमाडौँ आउने भए सलमान खान, भाई सोहेलले गरे तयारीको अवलोकन 

kharibot

काठमाडौं । बलिवुड सुपरस्टार सलमान खान आगामी मार्चमा काठमाडौँ आउने भएका छन् । 

विश्वभर दबंग टुर गरिरहेका सलमान आगामी मार्च १० मा काठमाडौँको टुडिखेलमा सलमान अन्य कलाकारको साथमा प्रस्तुती दिने भएका हुन् । 

नेपालमा पहिलोपटक सलमान खानसहित अन्य कलाकारहरुको साथमा सोनाक्षी सिन्हा, प्रभु देवा, मिट ब्रदर, डेजि शाह, कृति सेननका साथै टेलिभिजनकर्मी मनिष पाउलसहित कम्तीमा पाँच दर्जन कलाकारको मनोरञ्जनात्मक सांगितीक कार्यक्रम दबंग टुर अन्तर्गत कार्यक्रम हुने कार्यक्रमका आयोजक शोहेल इन्टरटेनमेन्ट एण्ड र नेपाली इभेन्ट कम्पनी ओडिसी इन्टरटेनमेन्टले जानकारी दिएको छ ।

कार्यक्रमको तयारीबारे बुझ्न दबंग टुरका प्रमुख आयोजक सलमानका भाई सोहेल खान काठमाडौँ आएर पत्रकार माझ सार्वजनिक भएका छन् । सोहेलले पत्रकार सम्मेलनमा बोल्दै वर्षौंदेखिको कामको अनुभव र यात्रापछि नेपाल आइपुग्दा रोमाञ्चक अनुभव गरिरहेको उल्लेख गर्दै उनले छिमेकीको रुपमा आफू नेपालीसँग गहिरो रुपमा जोडिएको बताए । 
उनले भने - ‘नेपाली भूमिमा टेकेदेखि मैले यहाँका मान्छेहरुबाट धेरै माया पाइरहेको छु’।  

कार्यक्रममा सलमान खानलगायत अन्य कलाकारहरु बस्ने होटेल र कार्यक्रम प्रस्तुत गर्ने स्थलको अवलोकन गरेका आयोजकले टुँडिखेलमा कार्यक्रम हुने र सलमान खानले चन्द्रागिरी हिल्सको भ्रमण गर्ने र सगरमाथामा होटेल एभरेष्टमा खाजा नस्ता गर्ने तालिका रहेको जानकारी दिइएको छ । 

सलमानको दबंग टुरको मुख्य प्रायोजक टुबोर्ग बियर रहेको छ । गोरखा ब्रोअरीका मार्केटिङ्ग डाईरक्टर बैभब शर्माले कार्यक्रम बारे खुशी व्यक्त गर्दै टुबोर्गले सधै म्युजिक र फनका लागि सहकार्य गर्दै आईरहेको र आफ्ना ग्राहकहरुलाई ताजर्गी तथा अकर्षकपन दिनको लागि सलमान खान सहित दबंग टुरलाई काठमाडौंमा ल्याउन लागेका बताए । टुबोर्ग भनेको म्युजिकको बेस्ट फ्रेण्ड हो भन्दै शर्माले हामी एक साथ रहुन्जेल यो बेस्ट रहिरहने बताए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै