• २०८१ बैशाख १३ बिहीबार

मेसी विश्वकै धेरै पारिश्रमिक पाउने खेलाडी, रोनाल्डो टप ५ मा परेनन् 

kharibot

काठमाडौँ । स्पेनको चर्चित पत्रिका मार्काले विश्वका १० धेरै पारिश्रमिक पाउने खेलाडीको सुची सार्वजनिक गरेको छ । 

यो सुचिमा विश्वका उत्कृष्ट खेलाडी क्रिस्टियानो रोनाल्डो टप ५ मा पर्न असफल भएका छन् । मार्काले जारी गरेको सुचिमा रोनाल्डो छैठौ स्थान रहेका छन् । रियल म्याड्रिडमा रोनाल्डोले आफ्नो पारिश्रमिक बढाउन दबाब दिइरहेको रिपोर्ट आइरहेका बेला रोनाल्डोले हालै विश्वको उत्कृष्ट फुटबलर अवार्डहरु जितेपनि उनले पारिश्रमिक भने सो अनुसार नपाएको खुलासा भएको हो ।

मार्काको रिपोर्ट अनुसार अहिले विश्वमा सबै भन्दा धेरै पारिश्रमिक पाउने खेलाडी लिओनेल मेसी बनेका छन् । बार्सिलोनासँग हालै आफ्नो सम्झुता नवीकरण गरेका मेसीले बार्षिक ४०.५ मिलियन पाउण्ड पारिश्रमिक पाउने उल्लेख गरिएको छ । 

यो सूचिको दोस्रो स्थानमा अर्जेन्टिनाकै कार्लोस टेभेज छन् । उनले चीनको संघाई शेन्हुआबाट बार्षिक ३३.५ मिलियन पाउण्ड पारिश्रमिक पाउछन । यद्यपी टेभेज चीन छोडेर अहिले केहिदिन अघई मात्र अर्जेन्टिनाको बोका जुनियरमा फर्किसकेका छन् ।

तेस्रो स्थानमा यसै सिजनमा बार्सिलोना छोडेर पिएसजी गएका नेइमार रहेका छन् । नेइमारले पिएसजीमा बार्षिक ३१७ मिलियन पाउण्ड पारिश्रमिक पाउछन् ।

चौथो स्थानमा ओस्कार रहेका छन् । ब्राजिलका प्लेमेकर ओस्कारले चीनको संघाई एसआइपीजीसँग बार्षिक २१.१ मिलियन पाउण्ड पारिश्रमिक पाउछन् ।

त्यस्तै सूचिको पाचौ स्थानमा अर्जेन्टिनाकै एजेक्वेल लभेजी रहेका छन् । उनले चीनको हेबेई फर्च्युनबाट २०.३ मिलियन पाउण्ड पारिश्रमिक पाउछन् ।

छैठौ स्थानमा रियल म्याड्रिडका क्रिस्टियानो रोनाल्डो रहेका छन् । रोनाल्डोले रियल म्याड्रिडमा बार्षिक रुपमा १८.५ मिलियन पाउण्ड पारिश्रमिक पाउने गर्दछन् ।

सातौ स्थानमा ब्राजिलका हल्क रहेका छन् । उनले चीनको संघाई एसआइपीजीमा बार्षिक रुपमा १७.६ मिलियन पाउण्ड पारिश्रमिक पाउछन् ।

सूचिको आठौ स्थानमा पिएसजीका किलीयन एम्बाप्पे रहेका छन् । १९ बर्षिय फ्रेन्च मिडफिल्डर एम्बाप्पेले पिएसजीमा बार्षिक १५.९ मिलियन पाउण्ड पारिश्रमिक पाउने गर्दछन् ।

नवौ स्थानमा म्यानचेस्टर युनाइटेडबाट खेल्ने फ्रेन्च मिडफिल्डर पाउल पोग्वा रहेका छन् । पोग्वाले युनाइटेडमा बार्षिक १५.४ मिलियन पाउण्ड पारिश्रमिक पाउछन् ।

यो सूचिको दशौ नम्बरमा इटालियन फुटबलर ग्राजियानो पेल्ले रहेका छन् । उनले चीनको शानडंग लुनेंगबाट बार्षिक रुपमा १५ मिलियन पाउण्ड पारिश्रमिक पाउने गर्दछन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै