• २०८१ बैशाख १४ शुक्रबार

न्यूरोडबाट चितुवाको छालासहित तीन पक्राउ

kharibot

फाइल तस्बिर

काठमाडौँ । महानगरीय अपराध महाशाखाले संरक्षित वन्यजन्तु चितुवाको छालासहित तीन जनालाई पक्राउ गरेको छ । 

महाशाखाबाट खटिएको टोलीले संरक्षित वन्यजन्तुको छाला ओसारपसार गरेको भन्दै बैतडीका महेशराम औजी, जनक महरा र सुरेन्द्र दयाललाई बिहीबार पक्राउ गरी आज सार्वजनिक गरेको हो । 

महाशाखाले काठमाडौँको न्यूरोडस्थित भूगोल पार्कमा झोलाभित्र बोरामा प्याक गरी राखेको अवस्थामा पक्राउ गरेको हो । उक्त छाला बैतडीबाट ल्याएको अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ । 

पक्राउ परेकालाई आवश्यक कारबाहीका लागि आज जिल्ला वन कार्यालय हात्तिसार पठाएको महाशाखाले जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै