अतिरिक्त समय इजलास सञ्चालन गर्दा मुद्दा फछ्र्यौटमा प्रगति

खरीबोट
ad

काठमाडौँ । सर्वोच्च अदालतमा मुद्दाको चाप कम गर्न अतिरिक्त समय इजलास सञ्चालन गर्दा सन्तोषजनक प्रगति भएकोे छ । 

अतिरिक्त समय इजलास सञ्चालन गर्दा पछिल्लो दुई महिनामा कूल दुई हजार १९० मुद्दा फछ्र्यौट भएको हो । 

मंसिरमा प्रतिन्यायाधीश ५४ र जम्मा एक हजार ८४ मुद्दा फछ्र्यौट भएको छ । पुस महिनामा प्रतिन्यायाधीश ५६ र जम्मा एक हजार १०६ मुद्दा फछ्र्यौट भएको छ । 

लामो सयमदेखि मुद्दाको चाप कम गर्ने उद्देश्यले सर्वोच्च अदालत नियमावलीमा अतिरिक्त समयमा इजलास सञ्चालन गर्न सकिने व्यवस्था समावेश गरेर गत मंसिर १ गतेदेखि अतिरिक्त समयमा इजलास सञ्चालन गरेको थियो । अघिल्लो वर्ष २०७३ मंसिरमा प्रतिन्यायाधीश ४५ र जम्मा ८९६ मुद्दा फछ्र्यौट भएको थियो । गत पुस महिनामा प्रतिन्यायाधीश ४५ र जम्मा ९०२ मुद्दा फछ्र्यौट गरेको थियो । 

त्यसैगरी, २०७२ मंसिरमा प्रतिन्यायाधीश ३७ र जम्मा ७३७ मुद्दा फछ्र्यौट भएको देखिन्छ । विसं ०७२ को पुसमा प्रतिन्यायाधीश ४२ र जम्मा ८४३ मुद्दा फछ्र्यौट भएको थियो । 

सर्वोच्च अदालतका प्रवक्ता नारायणप्रसाद पन्थीका अनुसार अदालतको कार्य प्रगति र प्रभावकारिता गणितीय ढंगले मुद्दाको फछ्र्यौट संख्यामा मात्र निर्धारण गर्न मिल्दैन । तर दुई महिनामा राम्रो मुद्दाको फछ्र्यौट भएको छ । चालु आर्थिक वर्षको मंसिर÷पुसमा पाँच वर्ष नाघेका मुद्दा ३२२ थान र दुई वर्ष नाघेका एक हजार १०४ मुद्दा फछ्र्यौट भएको छ । 

अदालतले अतिरिक्त समयमा इजलास सञ्चालन गर्नुका साथै मुद्दाको छिटो फछ्र्यौट गर्नका लागि समान प्रकृतिका मुद्दा एकसाथ सुनुवाइ गरिने गरी सामूहिक सुनुवाइसमेत शुरु गरेको छ ।

सम्बन्धित समाचार

चाबहिल–जोरपाटी–साँखु सडक विस्तारमा अदालतको आदेश र बजेटको अवरोध

काठमाडौँ । घाम लाग्दा धुलो उडेर बाटो देख्न नसकिने र पानी पर्दा रोपाइँ गर्न तयार पारेको खेतको गराजस्तो सडक हुँदा पनि विस्तारको काम अलपत्र छ ।  यो अवस्था चाबहिल–जोरपाटी–वाग्मती पुल–साँखु सडकको

अदालतले जन्मकैदको सजाय दिएका कटहरिया नगरपालिकाका मेयर कुशवाहा पक्राउ 

काठमाडौँ । रौतहट कटहरिया नगरपालिकाका मेयर सीयाराम कुशवाहलाई प्रहरीले पक्राउ गरेको छ ।  हिन्दु युवा संघका संस्थापक अध्यक्ष काशी तिवारीको हत्या आरोपी मेयर कुशवाहालाई केन्द्रीय अनुसन्धान व्युरोको टोलीले बिहिवार काठमाडौंबाट पक्राउ

बालिका बलात्कार गर्नेलाई आठ वर्ष कैद

भक्तपुर । चौध वर्षीया बालिकालाई बलात्कार गर्ने एक युवकलाई जिल्ला अदालत भक्तपुरले आठ वर्ष कैद सजाय सहितको फैसला गरेको छ ।  बालिका बलात्कार गर्ने सिन्धुली दुधौली नगरपालिका–५ घर भई भक्तपुर चाँगुनारायण

प्रधानाध्यापक नियुक्ति गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश

काठमाडौँ । सर्वोच्च अदालतले स्थानीय तहको कानून नै नबनेका अवस्थामा विद्यालयको प्रधानाध्यापक नियुक्ति गर्ने निर्णय कार्यान्वयन नगर्न उत्तरगंगा मावि बुर्तिबाङ बाग्लुङको विद्यालय व्यवस्थापन समितिका नाममा आज अन्तरिम आदेश जारी गरेको