• २०८१ बैशाख १२ बुधबार

प्रदेश प्रमुखलाई निर्वाचन आयोगले प्रतिवेदन बुझायो

kharibot

काठमाडौँ । निर्वाचन आयोगले सातवटै प्रदेशका प्रदेश प्रमुखलाई प्रदेशसभा निर्वाचनको अन्तिम नतिजासहितको प्रतिवेदन बुझाएको छ । 

प्रदेश प्रमुखको शपथग्रहणलगत्तै निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले राष्ट्रपति कार्यालय शीतल निवासमा ती प्रदेशका प्रदेश प्रमुखलाई प्रतिवेदन हस्तान्तरण गरेका हुन् । 

प्रमुख आयुक्त डा यादवले प्रदेश नं १ का प्रा डा गोविन्दबहादुर तुम्बाहाङ, प्रदेश नं २ का रत्नेश्वरलाल कायस्थ, प्रदेश नं ३ का अनुराधा कोइराला, प्रदेश नं ४ का बाबुराम कुँवर, प्रदेश नं का ५ उमाकान्त झा, प्रदेश नं ६ का दुर्गाकेशर खनाल र प्रदेश नं ७ का मोहनराज मल्ललाई प्रतिवेदन बुझाएका छन् । 

सो अवसरमा प्रमुख आयुक्त, डा यादवले सबै प्रदेश प्रमुखलाई राष्ट्रियसभा निर्वाचनको तालिकाअनुसार प्रदेशसभा सदस्यहरुलाई आइतबार बिहान ११ बजेसम्म शपथ ग्रहण गराइदिनहुन आग्रह गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै