• २०८१ बैशाख १३ बिहीबार

ग्लोबल आइएमई बैंकद्धारा निःशुल्क आँखा शिविर संचालन 

kharibot

काठमाडौँ । ग्लोबल आइएमई बंैकले आफ्नो ११औ वार्षिकोत्सवको अवसरमा निशुल्क आँखा शिविरको आयोजना गरेको छ । 

सिराहा जिल्लाको भगवानपुर गाउपालिका २, नहरारिगौल स्थित श्री लक्ष्मी नारायण जनता मा.वि को प्राङ्गणमा आयोजना गरिएको उक्त शिविरमा ३०० जनाभन्दा बढिको सहभागिता रहेको थियो । ग्लोबल आइएमई बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत नेपाल नेत्र ज्योती संघ तथा सगरमाथा चौधरी आँखा अस्पतालको प्राविधिक सहयोगमा उक्त आँखा शिविर आयोजना गरेको हो । 

पहिल्लो समय वातावरण प्रदुषण तथा अन्य विभिन्न कारणबाट धेरै मानिसको आखाँमा विभिन्न समस्याहरु देखिन थालेको कारण उक्त शिविर संचालन गरिएको हो । 

ग्लोबल आइएमई बैंक लि.ले बिशुद्ध बैंकिङ्ग सेवा मात्र नभएर स्थापना काल देखि नै आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न क्षेत्रहरु जस्तै मुलुकमा आइपर्ने प्राकृतिक विपत्तिहरु बाढी पहिरो, भुँईचालो लगायतका अन्य सामाजिक कार्यहरुमा पनि सदैव अग्रसर रहदै आएको छ । 

एघारौँ वार्षिकोत्सव विभिन्न ११ वटा कार्यक्रमको आयोजना गर्ने क्रममा बैंकले यसअघि समाजिक उत्तरदायित्व अन्र्तगत नै रक्तदान कार्यक्रम तथा निः शुल्क मधुमेह परिक्षण, वित्तिय साक्षरताको लागि प्रभातफेरि, दृष्टिविहिन तथा फरक क्षमता भएका विद्यार्थीहरुलाई ज्याकेट वितरण गरिसकेको छ भने अन्य कार्यक्रमहरु आयोजना गर्नेक्रममा रहेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै