• २०८१ बैशाख १३ बिहीबार

ओली र प्रचण्डको वान टु वान वार्ता तीन घण्टा चल्यो, समन्वयन समितिको बैठक आइतबार 

kharibot

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच वन टु वन भेटवार्ता भएको छ । 

ओली बिहीबार थाइल्याण्डबाट नियमित स्वास्थ्य परीक्षण गरेर फर्किएपछि दुई अध्यक्षबीच ओली निवास बालकोटमा तीन घण्टा एक्लाएक्लै भेटवार्ता भएको हो ।

भेटमा ओली र प्रचण्डबीच राष्ट्रियसभाको गठन, प्रदेश सरकार र पार्टी एकताबारे छलफल भएको अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । दुई दलका दोस्रो तहका नेता सम्मेलित कार्यदलले राष्ट्रियसभा चुनावका लागि तयार पारेको प्रतिवेदनमाथि छलफल भएको छ ।

बुधबार सुवास नेम्बाङ नेतृत्वको कार्यदलले राष्ट्रियसभामा वाम गठबन्धनले ५६ मध्ये ४३ पदका लागि उम्मेदवारी दिने निर्णय गरेको थियो । निर्णयमा एमालेलाई २९ र माओवादीलाई १४ पद दिने सहमति भए पनि त्यसलाई सामान्य हेरफेर गर्न सकिने निचोडमा ओली र प्रचण्ड पुगेका छन्  ।

यस्तै दुई अध्यक्षबीच पार्टी एकताका विषयमा पनि छलफल भएको छ । दुई नेताबीच शनिबार छलफल गरेर आइतबार पार्टी एकता समन्वयन समितिको बैठक बोलाउने सहमति भएको छ । 

यसअघि समन्वय समितिको बैठक पुस २५ गते बसेको थियो । बिहीबार स्वाथ्य परीक्षणबाट फर्किने क्रममा ओलीले त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा जति सक्यो छिटो पार्टी एकतालाई टुंग्याउने बताएका थिए ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै