• २०८१ बैशाख १४ शुक्रबार

अस्ट्रेलियाविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा इङल्याण्ड विजयी, सिरिजमा २-० ले अगाडी 

kharibot

काठमाडौँ ।  अस्ट्रेलियाविरुद्धको दोस्रो एक दिवसीय क्रिकेटमा पनि इङल्याण्ड विजयी भएको छ ।

आज समपन्न दोस्रो एकदिवसीय खेलमा इङल्याण्ड ४ विकेटले विजयी भएको हो ।

अस्ट्रेलियाले दिएको २७१ रनको लक्ष्यलाई इङल्याण्डले ४४.२ ओभरमा ६ विकेट गुमाउदै पुरा गरेको थियो । इङल्याण्डको जितमा जोनी बैरस्ट्रले सर्वाधिक ६० रन बनाएका थिए भने एलेक्स हल्सले ५७ रन्को योगदान दिएका थिए । त्यस्तै जोए रुटले नट आउट ४६ र क्रिस वक्सले नट आउट ३९ रनको महत्वपूर्ण पारी खेलेका थिए । अस्ट्रेलियाका बलर माइकल स्टार्कले ४ तथा रिचार्डसनले दुई विकेट लिएका थिए ।

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको अस्ट्रेलियाले एलेन फिन्चको सेन्चुरी ( १०६ रन) को मद्धतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउदै २७० रन बनाएको थियो ।

५ खेलको एकदिवसीय सिरिजमा इङल्याण्ड २-० ले अगाडी भएको छ । सिरिजको तेस्रो एक दिवसीय खेल आगामी जनवरी २१ मा सिड्नीमा हुदै छ ।      
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै