कृषि बैंकको रक्तदान कार्यक्रममा ९५ जनाले गरे रक्तदान

खरीबोट

काठमाडौं ।  कृषि विकास बैँकले ५१औँ वार्षिकत्सवको अवसरमा रक्तदान कार्यक्रम गरेको छ । बैँकको ५१औँ वार्षिकोत्सवका अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको हो । बैंकको आगामी ७ गते वार्षिकोत्सव रहेको छ । 

कृषि विकास बैंक कर्मचारी संघ, नेपाल मुख्य कार्यालय समितिको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम गरिएको बैंकले जनाएको छ । बैंकको मुख्य कार्यालयस्थित तालिम हलमा सम्पन्न उक्त कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि एमालेका केन्द्रीय सचिव गोकर्ण विष्ट, विशिष्ट अतिथि कृषि विकास बैंक लि.का प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौला रहेका थिए ।

कार्यक्रमको अध्यक्षता कृषि विकास बैंक कर्मचारी संघ मुख्य कार्यालय समिति अध्यक्ष नरहरी दुलालले गरेका थिए ।

उक्त रक्तदान कार्यक्रममा कर्मचारी लगायत ९५ जनाले रक्तदान गरेका थिए । 
 

सम्बन्धित समाचार

कैलाली बहुमुखी क्याम्पस परिसरमा कृषि विकास बैंकको एक्सटेन्सन काउन्टर 

कैलाली।  कैलाली जिल्लाको कैलाली बहुमुखी क्याम्पसमा कृषि विकास बैंक लि.को एक्सटेन्सन काउन्टरको शुभारम्भ  गरिएको छ।  कृषि विकास बैंक लिका प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौलाले एक्सटेन्सन काउन्टरको औपचारिक उदघाटन गरेका छन्

कृषि विकास बैंक र सिडिएसीबीच निक्षेप सदस्यका लागि सम्झौता

काठमाडौँ । कृषि विकास बैंक लि. र सिडिएस एण्ड क्लियरिङ्गबीच कृषि विकास बैंक लि.का शाखाहरुमा कुनै पनि कम्पनीका शेयरधनी महानुभावहरुका लागि हितग्राही (डिम्याट) खाता खोल्न सक्ने स्वीकृती सहितको सम्झौता भएको

कृषि विकास बैंकमा पूर्ण रुपमा इन्टरनेट बैकिङ्ग सेवा संचालन

काठमाडौँ । कृषि विकास बैंकका सेवाग्राहीलाई इन्टरनेट बैकिङ्ग सेवा उपलव्ध गराउने अभिप्रायले कृषि विकास बैंक र एफवान सफट इन्टरनेसनलबीच सम्झौता भएको छ ।  उक्त सम्झौता पश्चात संस्थागत सेवाग्राही र व्यक्तिगत सेवाग्राही

कृषि विकास बैंकको आइएस अडिटका लागि सम्झौता

काठमाडौँ । कृषि विकास बैंक र रीण्डा बिज सर्भिसबिच कृषि विकास बैंक लि., मुख्य कार्यालय, काठमाडौंमा कृषि विकास बैंक लि.ले प्रयोगमा ल्याईरहेको समग्र सूचना प्रविधिको बारेमा सुस्म तवरले जांचबुझ तथा