• २०८१ बैशाख ११ मंगलबार

श्रद्धा कपुरले साहोमा प्रभाससँग रोमान्स गर्ने 

kharibot

मुम्बई । बाहुबलीका हिरो प्रभासको नयाँ फिल्म साहोमा अन्तत: श्रद्धा कपुरले काम गर्ने भएकी छन् ।

लामो समयको सस्पेन्सपछि साहोमा श्रद्धाले नै गर्ने निश्चित भएको हो । अब श्रद्धाले बाहुबली फेम प्रभाससँग पर्दामा रोमान्स गर्ने भएकी छन् ।

यसअघि सो भूमिकाका लागि अनुष्का सेठ्ठीको नाम चर्चामा रहेको थियो । मुम्बई मिररका अनुसार अनुष्काको वजन धेरै भएका कारण फिल्ममा लिन नसकेको फिल्मका निर्माताले बताएका छन् ।

हिन्दी सहित मलेयालम, तमिल र तेलेगुमा पनि बन्ने साहोलाई सुजिथले निर्देशन गर्दै छन् । फिल्मको सुटिंग पनि सुरु भैसकेको छ । फिल्मलाई भारतका अलावा आबुधाबी र रोमानियामा पनि सुटिंग गरिने बताइएको छ । फिल्ममा शंकर एहसान लोयले संगीत दिदैछन् 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै