• २०८१ बैशाख १२ बुधबार

सिटिजन्स बैंकले बाँड्यो महोत्तरीमा चार सय २६ थान कम्बल 

kharibot

काठमाडौं । ‘योर पार्टनर फोर प्रोग्रेस’ भन्ने नारामा बैंकिङ सेवा दिइरहेको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चिसोका कारण जनजीवन प्रभावित हुँदै गएपछि महोत्तरी जिल्लाको गौशाला र औरही नगरपालिकामा बसोबास गर्ने मुसहर जातिका विपन्न निःसहाय व्यक्तिहरुलाई कम्बल वितरण गरेको छ ।

दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्दै आएकाहरुलाई सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत गौशाला र औरहीमा कम्बल वितरण गरिएको बैंकले जानकारी दिएको छ ।  जिल्लाका उच्चपदस्थ सरकारी कर्मचारी, उद्योगी, व्यापारी , विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थितिमा गौशाला नगरपालिकामा २२४ थान र औरहीनगरपालिकामा २०२ थान गरी जम्मा ४२६ थान कम्बल वितरण गरिएको हो ।

गौशाला र औरही नगरपालिकामा बसोबास गर्ने (मुसहर ,असक्त  , असहाय , बिधवा ,साधु  ,सन्त   ) हरुलाई कम्बल वितरण गरिएको छ । उक्त हस्तान्तरण बैंकको संचालक समितिको सदस्य डा चन्दा कार्कीले गरिन् । उक्त हस्तान्तरण समारोहमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रामधन श्रेष्ठ, गौशाला नगरपालिका ५ का प्रमुख धर्वेन्द्र साह, ४ का वडा प्रमुख रामबाबु साह र औरही नगरपालिका वडा नं १ का प्रमुख राजकिशोर चौधरी र वडा नं २ का प्रमुख विनोद पजियारको उपस्थिति रहेको थियो ।

कसैको आँखा नपुगेको मुसहर बस्तीमा बैंकले कम्बल वितरण गर्दा त्यहाँका स्थानीयबासिन्दाहरुले खुसियाली व्यक्त गरेका छन् । बैंकले देखाएको यस अग्रसरताले अत्यन्तै पिछडिएको  मानिने मुसहर बस्तीमा न्यानोपन ल्याउन कोशेढुंगा साबित हुने कुरा  बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रवक्ता गणेशराज पोखरेलले जानकारी गराए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै