• २०८१ बैशाख १२ बुधबार

जगदम्बा सिमेन्टले आफ्ना डिलरहरुलाई सीप विकासका लागि विदेश पठायो

kharibot

काठमाडौं । देशकै सबैभन्दा विश्वासिलो र अधिक रुचाइएको सिमेन्ट कम्पनी जगदम्बा सिमेन्टले आफ्ना ग्राहक र डिलरहरुलाई सीप विकासका लागि विदेश पठाएको छ । कम्पनीले १३ डिलर र १७ जनालाई युरोप भ्रमणमा पठाएको हो । 

कम्पनीका अनुसार चालू आर्थिक वर्ष २०७४/०७५ मा ‘जगदम्बा शुभयात्रा’ कार्यक्रमअन्तर्गत जगदम्बा सिमेन्टले डिलरहरुलाई मनोवैज्ञानिक रुपमै उत्प्रेरित गर्ने उद्देश्यले विश्व भ्रमणमा पठाएको हो । यसअन्तर्गत १३ जना डिलरले पाँच दिने बैंकक भ्रमणको अवसर पाएको कम्पनीले जनाएको छ । त्यस्तै  १७ जनाले कार्यक्रमअन्तर्गत ११ दिने युरोप भ्रमणको मौका पाएका छन् ।

यस्ता जानकारीमूलक भ्रमण तथा सामाजिक घुलमिलले व्यावसायिक ज्ञानलाई थप हौसला प्रदान गर्ने कंम्पनीको भनाइ छ ।  कम्पनी सदैव आफ्ना ग्राहक तथा उपभोक्ता प्रतिकेन्द्रित रही विभिन्न कार्यक्रमहरु गर्ने कुरामा प्रतिबद्ध रहँदै आइरहेको छ र भावी दिनहरुमा पनि रहिरहने कम्पनीले जनाएको छ ।

कम्पनीले विगतदेखि नै सीप तथा व्यक्तित्व विकासका लागि जगदम्बा विशेष, जगदम्बा आरोहण, जगदम्बा जागरणजस्ता जानकारीमूलक कार्यक्रमहरु गर्दै आइरहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै