• २०८१ बैशाख ८ शनिबार

रोनाल्डो र बेल बिना रियल म्याड्रिड विजयी, मार्को एसेन्सियोले गरे गोल 

kharibot

काठमाडौँ । रियल म्याड्रिड कोपा डेल रे क्वाटरफाइनलको पहिलो लिगमा १-० ले विजयी भएको छ । 

गएराती भएको खेलमा रियल म्याड्रिडले मार्को एसेन्सियोको अन्तिम समयको गोलको मद्धतले लेगानेविरुद्ध १-० को जित हासिल गर्न सफल भएको हो । एसेन्सियोले थियो हर्नान्डेजको पासमा खेलको ८९औ मिनेटमा गोल गरेका थिए ।

आफ्ना प्रमुख खेलाडीहरु क्रिस्टियानो रोनाल्डो, ग्यारेथ बेल, कप्तान सर्जियो रामोस, करीम बेन्जमा, मार्सेलोलगायतका खेलाडी अनुपस्थित रहेको यस खेलमा जित हासिल गरेको हो ।

म्यानेजर जिनेदिन जिदानले आउदो साता रियल म्याड्रिडका ला लिगाका खेललाई ध्यान दिदै रोनाल्डो, बेल र मार्सेलोलाई यस खेलमा आराम दिएका थिए भने बेन्जमा र रामोस इन्जुरीका कारण खेल बाहिर रहेका छन् । रियलले आउदो १० दिनमा ४ खेल खेल्दै छ ।

क्वाटरफाइनलको दोस्रो लिग जनवरी २५ मा रियलको घरेलु मैदानमा हुने छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै