अस्थायी शिक्षक पद सदाका लागि अन्त्य हुने

खरीबोट

उपप्रधानमन्त्री गोपालमान श्रेष्ठ

पोखरा ।  उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले सरकार अस्थायी शिक्षक पद सदाको लागि अन्त्य गर्ने तयारीमा जुटेको बताएका छन् । 

नेपाल शिक्षक संघ कास्कीको आठौँं अधिवेशनबाट निर्वाचित जिल्ला कार्यसमिति तथा संघीय एवम् प्रादेशिक प्रतिनिधिलाई आज यहाँ पदस्थापन गराउँदै शिक्षामन्त्री श्रेष्ठले परस्परागत शिक्षा नियमावली परिमार्जन गरी अस्थायी शिक्षकलाई परीक्षा र गोल्डेन ह्यान्डसेक दुवै अवसर प्रदान गरिने बताए । 

“लामो समयदेखि शैक्षिक पेशामा संलग्न शिक्षकको लागि यो सुनौलो अवसर हो,” उनले भने, “त्यसपछि आवश्यक शिक्षक आयोगबाटै लिइने व्यवस्था शिक्षा मन्त्रालयको परिमार्जित नीतिमा उल्लेख गरिने छ ।” सामुदायिक विद्यालयमा अध्यापनरत शिक्षक जिम्मेवार बन्नुपर्नेमा जोड दिँदै  

कार्यक्रममा नेपाल शिक्षक संघ कास्कीका अध्यक्ष शिरोमणि लामिछाने, नेपाल महिला संघ कास्कीका उपाध्यक्ष डाल्डादेवी भुजेल, निर्वाचन मण्डलका संयोजक चिन्तामणि शर्मालगायतले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सरोकार भएका सबै पक्ष सचेत हुनुपर्नेमा जोड दिए । 

सम्बन्धित समाचार

अस्थायी शिक्षकको लिखित परीक्षा सर्यो, अब भदौ १० गते हुने 

भक्तपुर ।  शिक्षा सेवा आयोगले भदौ ३ गतेलाई निर्धारण गरेको अस्थायी शिक्षकका खुला प्रतियोगितात्मक लिखित परीक्षा भदौ १० गतेका लागि सारेको छ ।  तराई मधेशको बाढी पहिरोका कारण शिक्षकहरु परिक्षामा सहभागी हुन कठिन

परीक्षा सरे पनि शिक्षकको अनशन जारी

काठमाडौँ । अस्थायी शिक्षक संघर्ष समितिले आगामी भदौ ३ गते हुने शिक्षा सेवा आयोगको परीक्षा स्थगन भए पनि अनशन जारी राखेको छ । समितिका उपाध्यक्ष ज्योतिनारायण ढकालले एक साताका लागि मात्र

अस्थायी शिक्षकको अनशन स्थगित

काठमाडौँ । शिक्षा ऐन संशोधनपछि शिक्षक सेवा आयोगको परीक्षा लिन शिक्षा मन्त्रालय सकारात्मक भएपछि अस्थायी शिक्षक संघर्ष समितिले जारी राखेको आमरण अनशन सोमबार देखि  स्थगित गरेको छ ।  गत असार ९ गते