• २०८१ बैशाख ७ शुक्रबार

नेपाल र चीनबीच तीन बुँदे सम्झौता, पेट्रोलियम, ग्यास तथा खानीको सम्भाव्यता अध्ययन हुने

kharibot

नेपाल सरकारका तर्फबाट अर्थसचिव शान्तराज सुवेदी र चीन सरकार सचिव सु च्यानह्वाले सम्झौतापत्र आदानप्रदान गर्दै । तस्बिर : प्रदीपराज वन्त, रासस

काठमाडौँ । नेपाल र चीनबीच तीन वटा सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

अरनिको राजमार्ग स्तरोन्नती र रसुवागढीमा पक्की पुल निर्माणका लागि एक अर्ब आरएमवी अर्थात करीव साढे १५ अर्ब रुपैया खर्च गर्ने आर्थिक तथा प्राविधिक सहयोग सम्बन्धी समझदारीपत्रमा नेपालका तर्फबाट अर्थसचिव शान्तराज सुवेदी र चिनियाँ वाणिज्य मन्त्रालयका सचिवले सम्झौता/समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । 

भुकम्पपछिको पुननिर्माणका लागि चीनले घोषणा गरेको तीन अर्ब आरएमवी मध्ये एक अर्ब सन २०१६ मा खर्च भएको थियो भने सन २०१७ मा एक अर्ब खर्च हुनेछ । बाँकी एक अर्ब सन २०१८ मा खर्च गर्ने गरी अर्को समझदारी हुनेछ । 

यस्तै, हिमाल, पहाड र तराईमा पेट्रोलियम, ग्यास तथा खानी अन्वेषणका लागि सम्भाव्यता अध्ययन गर्ने सम्बन्धी सम्झौता पनि भएको छ । 

सोही अवसरमा नेपालमा चिनियाँ निजी क्षेत्रको लगानी भित्र्याउनेसम्बन्धी समझदारीपत्रमा समेत हस्ताक्षर भएको छ । त्यसमा कृषिको आधुनिकीकरणलगायत विषय समेटिएका छन् ।
पूर्वाधार निर्माणको पाटो चिनियाँ लगानी आउने भएको छ । सडक, सुरुङमार्ग, विद्युत ट्रान्समिसन लाइन निर्माण र उत्पादनमा लगानी आकर्षित गर्ने सरकारी योजना छ ।

उक्त अवसरमा उपप्रधान तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदार, उपप्रधान तथा परराष्ट्र मन्त्री कृष्णबहादुर महरा तथा नेपाल भ्रमणमा रहेका चिनियाँ उपप्रधानमन्त्री वाङ याङको उपस्थिति थियो ।

हस्ताक्षर समारोहअघि भएको द्विपक्षीय वार्तामा नेपालले तातोपानी नाका छिटो सञ्चालनमा ल्याउन विशेष आग्रह गरेको थियो । चिनियाँ पक्षले त्यसमा सैद्धान्तिक सहमति जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै