• २०८१ बैशाख ८ शनिबार

एनआईसी एशिया बैंकको नयाँ शाखा झापाको झिलझिलेमा

kharibot

काठमाडौँ । एनआईसी एशिया बैंकको नयाँ शाखा शिवसताक्षी नगरपालिका वडा नं. ०८, झापा स्थित झिलझिले शाखाको एक समारोहका बिच नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठबाट विधिवत् समुद्घाटन भएको छ ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । यस बैंकले अधिराज्यभर १५७ शाखा कार्यालयहरु, १४६ एटिएम एवंम् ४ एक्स्टेन्सन  काउन्टरहरु मार्फत ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखाहरु संचालन गर्ने योजना अगाडी सारेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै