• २०८१ बैशाख ७ शुक्रबार

अस्थायी शिक्षकले परीक्षामा भाग नलिने

kharibot

फाइल तस्विर

 काठमाडौँ । अस्थायी शिक्षक संघर्ष समितिले आफ्ना माग पूरा नभएसम्म्म आगामी भदौ ३ गते हुने शिक्षा सेवा आयोगको परीक्षामा भाग नलिने निर्णय गरेको छ । 

समितिका उपाध्यक्ष जयनारायण ढकालले परीक्षा नसारिए फाराम भरेका आफ्ना सदस्यले भाग नलिने र परीक्षा केन्द्रमा तालाबन्दी गराउने केन्द्रीय आन्दोलन समितिले निर्णय गरेको जानकारी दिए । गत असार ९ गतेको सहमतिअनुसार शिक्षा ऐन संशोधन गरी परीक्षाको नयाँ मिति तोक्न माग गरी समिति आन्दोलित छ । 

समितिका तर्फबाट यही साउन १८ गतेदेखि भद्रकालीमा अनशनरत दुई शिक्षकको स्वास्थ्य अवस्था नाजुक भएपछि अस्पताल भर्ना गरिएको छ । सहमतिमा परीक्षामा सबै अस्थायीले भाग लिन पाउने र असफल भएमा उचित क्षतिपूर्र्ति दिने उल्लेख छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै