अस्थायी शिक्षकले परीक्षामा भाग नलिने

खरीबोट

फाइल तस्विर

 काठमाडौँ । अस्थायी शिक्षक संघर्ष समितिले आफ्ना माग पूरा नभएसम्म्म आगामी भदौ ३ गते हुने शिक्षा सेवा आयोगको परीक्षामा भाग नलिने निर्णय गरेको छ । 

समितिका उपाध्यक्ष जयनारायण ढकालले परीक्षा नसारिए फाराम भरेका आफ्ना सदस्यले भाग नलिने र परीक्षा केन्द्रमा तालाबन्दी गराउने केन्द्रीय आन्दोलन समितिले निर्णय गरेको जानकारी दिए । गत असार ९ गतेको सहमतिअनुसार शिक्षा ऐन संशोधन गरी परीक्षाको नयाँ मिति तोक्न माग गरी समिति आन्दोलित छ । 

समितिका तर्फबाट यही साउन १८ गतेदेखि भद्रकालीमा अनशनरत दुई शिक्षकको स्वास्थ्य अवस्था नाजुक भएपछि अस्पताल भर्ना गरिएको छ । सहमतिमा परीक्षामा सबै अस्थायीले भाग लिन पाउने र असफल भएमा उचित क्षतिपूर्र्ति दिने उल्लेख छ । 

सम्बन्धित समाचार

कांग्रेसद्वारा अस्थायी शिक्षकका लागि पास भए जागिर र फेल भए गोल्डेन ह्याण्डसेकको व्यवस्था गर्न माग  

काठमाडौँ । नेपाली कांग्रेसले हाल आन्दोलनरत अस्थाई शिक्षकहरुलाई स्थायी गर्न शिक्षा सेवा आयोगले लिने परिक्षामा सामेल हुन पाउने र आयोगको परिणामपछि पनि गोल्डेन ह्याण्डसेक पाउने व्यवस्था कायम राख्ने व्यवस्था गर्न सरकारसँग

अस्थायी शिक्षक र डा. केसीको मागप्रति सरकार गम्भीरः उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले डा गोविन्द केसी र अस्थायी शिक्षकको मागप्रति सरकार गम्भीर रहेको भन्दै अनशन छोडेर वार्तामा आउन दुवै पक्षलाई आग्रह गरेकाछन् ।  सार्वजनिक शैक्षिक गुठी विद्यालय संघको

अस्थायी शिक्षकको परीक्षा फेरी स्थगित

भक्तपुर  । शिक्षक सेवा आयोगले भदौ १० गतेका लागि तोकेको अस्थायी शिक्षकको परीक्षा असोज ८ गतेसम्मका लागि सरेको छ ।  तराईमा आएको बाढी तथा डुवानको कारण सबै शक्ति उद्धार र राहतमा