• २०८१ बैशाख ७ शुक्रबार

मेक्सिकोमा पानीमुनि भेटियो विश्वकै लामो सुरुंग  !

kharibot

उत्तर अमेरिका । गोताखोरहरुको एउटा समूहले पूर्वी मेक्सिकोको पानीमुनि विश्वकै लामो सुरुंग पत्ता लगाएका छ । उक्त सुरुंगको लम्बाइमात्रै ३ सय ४७ किमि लामो छ । यो खोजसँगै मेक्सिको आसपासका क्षेत्रमा विकसित भएको प्राचीन माया सभ्यताको बारेमा अझै जानकारी मिल्न सक्ने बताइएको छ । 

दक्षिणपूर्वी मेक्सिकोमा रहेको युकाटन प्रायद्वीपमा पानीभन्दा तल सुरुंग खोज्न ग्रान एक्युफेरो माया अभियान चलाइएको थियो । सोही क्रममा स्याक एकटन नामको सुरुंगको खोजी भएको हो ।  

सुरुमा यो सुरुंगको लम्बाइ २ सय ६३ किमि मापन गरिए पनि तुलुममा रहेको जलमग्न सुरुंगको लम्बाइ ३ सय ४७ किमि लामो भएको बताइएको छ । उक्त अभियानका निर्देशक गुलेरमो डी एण्डाका अनुसार यो खोजपछि स्पेनको कब्जामा आउनुपहिलेबाटै माया सभ्यताको उत्कृष्ट परम्परा र संस्कृति पत्ता लगाउन सकिनेछ ।

साथै त्यतिखेर बसाइएको बस्ती र तीर्थस्थलहरुको जानकारी पनि पाउन सकिनेछ । 

  • नवभारत टाइम्सबाट । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै