• २०८१ बैशाख ७ शुक्रबार

यी हुन् यो वर्ष संसार हल्लाउनसक्ने नवीनतम प्रविधि !

kharibot

प्रविधि । हरेक वर्ष संसारमा चर्चित र नयाँ प्रविधिहरु आउने गरेका छन्, जसले मानिसलाई कुनै न कुनै काममा महत्वपूर्ण सहयोग पुर्याउँछ । यो वर्ष पनि प्रविधिमा आधारित स्वास्थ्य सामग्री, फोल्ड हुने स्मार्टफोन र स्क्रिनभन्दा तल रहने फिंगरप्रिन्ट स्क्यानरजस्ता प्रविधिगत वस्तुकै बोलवाला हुने देखिएको छ । 

केही वर्षदेखि फोल्ड हुनेवाला स्मार्टफोन आउने हल्ला चल्दै आए पनि अहिलेसम्म कुनै पनि कम्पनीले यस्तो उत्पादन ल्याउने छाँटकाँट देखाएका थिएनन् । तर गत वर्ष सामसुंगले २०१८ मा फोल्डेबल डिस्प्लेयुक्त स्मार्टफोन लञ्च गर्नेछ । कम्पनीले साँच्चै भनेबमोजिम नै गर्यो भने सीईएस २०१८ मा आफ्नो फोल्डेबल स्मार्टफोनको प्राइभेट डेमो ने दिएको छ । ग्रेपवाइन डिजाइनवाला यो डिभाइसमा ७.३ इन्चको ओएलईडी डिस्प्ले रहनेछ, जुन तलदेखि नै कभ्र्ड हुन्छ । संसारमा कभ्र्ड स्क्रिनवाला स्मार्टफोन पहिलोपटक लन्च गरेको थियो । यस्तो फोन यो वर्षको अन्त्यतिर आउनसक्नेछ । 

त्यस्तै अर्को यो वर्ष आउने प्रविधि भनेको स्मार्टफोनको स्क्रिनभन्दा तल रहने फिंगर प्रिन्ट स्क्यानर हो ।  यो एकदमै नयाँ प्रविधि हो जुन गत वर्षमात्रै घोषणा गरिएको थियो । सीईएस २०१८ मा विवोले यस्तो स्मार्टफोन देखाएको छ, जसको स्क्रिनभन्दा तल स्क्यानर रहेको छ । अहिलेसम्म १८ः९ को आशातीत अनुपातवाला डिस्प्लेमा पनि फिंगरप्रिन्ट स्क्यानर फोनको पछाडि दिइएको छ । क्वालकोमले पनि एडभान्स फिंगरप्रिन्ट स्क्यानिंग प्रविधिबारे बताएको छ, जुन फिंगरप्रिन्टलाई स्क्रिनको ग्लास र त्यससम्मको धातुमा पनि स्क्यान गर्नसक्ने बनाइएको छ । 

टेक बेस्ड हेल्र्थ प्रडक्ट्स अर्थात् प्रविधिमा आधारित स्वास्थ्य सामग्री जुन यो वर्ष देख्न पाइनेछ । यस्तै सामग्री लेनोभोको पनि थियो जुन मोटो मोडको जस्तै रहेको छ । यो म्याग्नेटिक मोड हो जसलाई छ सजिलै मोटोरोला स्मार्टफोनमा अट्याच गर्न सकिन्छ । यसले मुटुको धड्कनको गति, रगतमा अक्सिजनको अवस्था, उच्च रक्तचाप, उच्च चापजस्ता कुराहरुको अवस्थाको अनुगमन गर्छ ।

नोकिया स्लिप पनि यस्तै एउटा उत्पादन हो जसले स्वास्थ्य समस्यामा मद्दत गर्छ । यसले तपाईंको स्लिप प्याटर्नको ट्र्याक गर्छ । यो वाइफाइ इनेबल्ड म्याट्रेस सेन्सर पनि हो । यसको डाटा तपाईं एपमा देख्न सक्नुहुन्छ । यसबाहेक सीईएसमा क्वाटर््जको युवी प्युरिफिकेसन बोटल पनि रोचक छ । यो ब्याट्रीबाट चल्छ । यसले आफूलाई क्लिन राख्न अल्ट्राभाइलेट लाइटको प्रयोग गर्छ । 

  • नवभारतटाइम्सबाट 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै