• २०८१ बैशाख ८ शनिबार

आईसीसीद्वारा विराट कोहली क्रिकेटको वर्ष खेलाडी घोषणा 

kharibot

काठमाडौँ । भारतीय क्रिकेट कप्तान विराट कोहलीलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले क्रिकेटको वर्ष खेलाडी घोषणा गरेको छ । 

आइसिसीले क्रिकेटका सबै फर्म्याटमा उत्कृष्ट प्रदर्शन गरेका कोहलीलाई आइसिसी क्रिकेटर अफ दी इयर र आइसिसी ओडिआई क्रिकेटर अफ दी इयर घोषणा गर्दै सर गार्फिल्ड सोबर्स ट्रफी प्रदान गर्ने निर्णय गरेको हो ।

सन् २०१६ को सेप्टेम्बर २१ देखि सन् २०१७ को अन्तिमसम्म टेष्ट क्रिकेटमा कोहलीले प्रति खेल ७७.८० को औषतमा ८ शतकसहित २२०३ रन बनाएका छन् भने एकदिवसीय क्रिकेटमा ८२.२३ को औषतमा ७ शतकसहित सोहि अवधिमा उनले १८१८ रन बनाएका छन् । 

त्यस्तै टि२० क्रिकेटमा कुल २९९ रन बनाएका छन् । यस अघि कोहलीले सन् २०१२ मा आइसिसिको एकदिवसीय क्रिकेटर अफ द इयरको उपाधि जितेका थिए । 

टेष्ट क्रिकेटर अफ दी इयर स्टिभ स्मिथ :

आइसिसीले अष्ट्रेलियाका कप्तान स्टिभ स्मिथलाई वर्ल्ड प्रिमियर टेष्ट प्लेयर र टेष्ट क्रिकेट अफ द इयरको उपाधि दिएको छ ।  भर्खरै सम्पन्न एसेस शृङ्खलामा गरेको पदर्शन समेतलाई आधार मानेर उनलाई वर्ल्ड प्रिमियर टेष्ट प्लेयरको उपाधि दिइएको आइसिसीले जनाएको छ । 

एसेसमा उनले ६७८ रन बनाएका थिए । यसअघि स्मिथले सन २०१५ मा पनि टेष्ट क्रिकेट अफ द इयरको उपाधि पाएका थिए । 

अफगानिस्तानका रासिद खान एशोसिएट्स क्रिकेटर अफ द इयर : 

अफगानस्तानका बलर रासिद खान एशोसिएट्स क्रिकेटर अफ द इयर बनेका छन् । १९ वर्षका रासिदलाई उनको उत्कृष्ट बलिङ्ग प्रदर्शनका कारण यो उपाधि दिइएको आइसिसीले जनाएको छ । रासिदले सन् २०१७ मा कुल ६० विकेट लिएका छन् । 

इमर्जिङ प्लेयर अफ द इयर बने हसन अली

आसिसिले पाकिस्तानका हसन अलिलाई इमर्जिङ प्लेयर अफ दी इयरको उपाधि दिएको छ । अलिले च्याम्पियन्स ट्रफीमा १३ विकेट लिएर पाकिस्तानलाई ट्रफी जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए । 

त्यस्तै आसीसीले एम्पायर अफ द इयरको उपाधि दक्षिण अफ्रीकाका माराइस इरासमसले जितेका छन् । उनले लगातर दोस्रो बर्ष यो उपाधि जितेका छन् ।

त्यस्तै टि-२० क्रिकेटमा उत्कृष्ट प्रदर्शनको अवार्ड भारतका बलर युजवेन्द्र चाहलले जितेका छन् । उनले बैंगलुरुमा भएको खेलमा इङल्याण्डविरुद्ध २५ रन दिएर ६ विकेट लिएका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै