• २०८१ बैशाख ६ बिहीबार

कुन प्रदेशमा कति वाणिज्य बैंक पुगे ? आधाभन्दा बढी स्थानीय तह बैंकविहीन 

kharibot

काठमाडौं । नेपाल राष्ट्र बैंकले संघीयता कार्यान्वयनको क्रममा गठन भएका सात सय ५३ स्थानीय तहहरुमध्ये तीन सय ३२ स्थानीय तहहरुमा वाणिज्य बैंकहरुको उपस्थिति रहेको जानकारी दिएको छ । 

राष्ट्र बैकका अनुसार हाल नीजि तथा सरकारी समेत गरी २८ वटा बाँणिज्य बैकहरु सञ्चालनमा रहेकोमा चालु आवको मंसिर मसान्तसम्म उक्त संख्यामा बित्तीय पहुंच बिस्तार भएको हो । 

प्रदेश नम्वर नम्वर एकमा एक सय ३७ वटा स्थानीय भएकोमा ६४ स्थानमा बाँणिज्य बैकहरुको उपस्थिती रहेको छ । यसैगरी प्रदेश नम्वर दुईमा एक सय ३६ वटा स्थानीय तह रहेकोमा ५७ स्थानमा बाँणिज्य बैकहरुको उपस्थिती रहेको छ ।

राष्ट्र बैकका अनुसार प्रदेश नम्वर तीनमा भने एक सय १९ वटा स्थानीय तह रहेकोमा ६३ स्थानमा बाँणिज्य बैकहरुको उपस्थिती रहेको छ । यसैगरी प्रदेश नम्वर चारमा पनि ७७ वटा स्थानीय तह रहेकोमा ३५ स्थानमा बाँणिज्य बैकहरुको उपस्थिती रहेको छ । प्रदेश नम्वर पाँचमा एक सय ३३ वटा स्थानीय तह रहेकोमा ६८ स्थानमा बाँणिज्य बैकहरुको उपस्थिती रहेको छ । 

राष्ट्र बैकका अनुसार प्रदेशन नम्वर छ मा भने ६३ वटा स्थानीय तह रहेकोमा १५ वटा स्थानमा बाँणिज्य बैकहरुको उपस्थिती रहेको छ । प्रदेश नम्वर सातमा भने ८८ वटा स्थानीय तह रहेकोमा ३० वटा स्थानमा बाँणिज्य बैकहरुको उपस्थिती रहेको छ । 

कुन प्रदेशमा बाँणिज्य बैकहरुको उपस्थिती कति हेर्नुहोस तालिका :  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै