चोरी भएका गरगहनासहित चार पक्राउ

खरीबोट

सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिका–३ स्थित सुनचाँदी पसलबाट चोरी गर्ने चारजनालाई प्रहरीले पक्राउ गरेको छ । करिब रु २७ लाख बराबरको सुनचाँदीको गहनासहित उनीहरु पक्राउमा परेका हुन् । । 

पक्राउ पर्नेहरुमा राजविराज नगरपालिका–४ का मुरलीकुमार साह, छिन्नमस्ता गाउँपालिका–५ का सन्तोषकुमार साह सुनार, सोही स्थान निवासी शत्रुधन साह सुनार, वडा नं ४ महेश यादव रहेको प्रहरी नायब उपरीक्षक धु्रवकुमार श्रेष्ठले बताए । 

उनीहरुको साथबाट काँडाबाला हसुली दुई थान, काँडावाला चुरी दुई थान, काँडावाला चुरा दुई थान, बच्चाले लगाउने काँडाबाल चुरी आठ थान, बच्चाले लगाउने सादा चुरा १२ थान, महिलाले लगाउने पञ्चक पाँच थान, विभिन्न नमूना र आकारका बाला सात थान, पायल १६ थान र २० थान दुईहारे सिक्री बरामद गरिएको छ । 

यसैगरी पाउजु ५१ थान, ब्रासलेट १२थान, सिक्री थान ४५, चुरी ठूलो एक सानो २ थान, काटिएको बेरुवा एक थान , औंठी ४९ थान, बिच्छी ४२थान , चकती १७ थान, गणेश भगवान्को मूर्ति एक थान, सिन्दूर क्याप एक थानलगायतका सिक्का तथा सुनचाँदी तौल गर्ने औजारसमेत बरामद गरिएको छ । 

त्यस्तै चोरी भएको रकमबाट खरिद गरिएको ना४९प १९०७ नंको टिभिएस मोटरसाइकलसमेत बरामद गरिएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो । पक्राउ परेका चारैजनामाथि अनुसन्धान भइरहेको जनाइएको छ । 

सम्बन्धित समाचार

वीरगञ्जबाट पेस्तोलसहित युवक पक्राउ

पर्सा । वीरगञ्जको तेजार्थ टोलबाट प्रहरीले आज एक थान स्वचालित पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको छ ।  नियमित गस्तीका क्रममा शंका लागी जाँच गर्दा वीरगञ्ज महानगरपालिका– २३ का २८ वर्षीय अजितप्रसाद

राजबिराजमा ठुलो परिणाममा लागुऔषधसहित तीन जना पक्राउ

राजविराज । ठूलो परिमाणको लागुऔषधसहित सप्तरी छिन्नमस्ता गाउँपालिका–२ बाट आज तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा छिन्नमस्ता गाउँपालिका–३ का २८ वर्षीय सोनु राय, राजविराज नगरपालिका–८ का २५ वर्षीय सुरज

अमेरिकी पेस्तोलसहित दुईजना पक्राउ

इनरुवा ।  सुनसरीको इटहरी उपमहानगरपालिका–५ जनता बस्तीबाट अमेरिकी पेस्तोलसहित दुईजनालाई प्रहरीले शनिबार पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरुमा इटहरी–५ बस्ने २२ वर्षीय यामबहादुर लिम्बू र इटहरी–८ बस्ने २१ वर्षीय रोहन बस्नेत रहेका छन्

काभ्रेपलाञ्चोकबाट विद्युत् चोरीमा संलग्न नौ पक्राउ

बनेपा । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकाका विभिन्न वडाबाट तानेर विद्युत् चोरी गरेका नौ जना आज पक्राउ परेका छन् ।  उनीहरुलाई विद्युत् चोरी गरिरहेका अवस्थामा पक्राउ गरी इप्रका बनेपाको हिरासतमा लिइएको नेपाल विद्युत्