• २०८१ बैशाख ८ शनिबार

आन्दोलन चर्किएपछि धनकुटामा अनिश्चितकालीन कर्फ्यू

kharibot

धनकुटा । राजधानी बनाउन माग गर्दै प्रदर्शनकारीले आन्दोलन चर्काएपछि धनकुटामा अनिश्चितकालीन कर्फ्यू लगाइएको छ । 

धनकुटालाई प्रदेश नं. १ को राजधानी बनाउन माग गर्दै प्रदर्शनकारीले सरकारी कार्यालयमा आगजनी गर्नुका साथै एम्बुलेन्स र दमकलमा पनि तोडफोड गर्न थालेपछि जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी गरेको हो ।

३४ दिनदेखि चलिरहेको आन्दोलन र  हडतालका धनकुटा क्षेत्रको जनजीवन प्रभावित भएको छ । बुधबार सरकारले प्रदेश नं. १ को अस्थायी राजधानी विराटनगर तोकेपछि धनकुटाको आन्दोलनले झनै ठुलो रुप लिएको हो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै