आन्दोलन चर्किएपछि धनकुटामा अनिश्चितकालीन कर्फ्यू

खरीबोट

धनकुटा । राजधानी बनाउन माग गर्दै प्रदर्शनकारीले आन्दोलन चर्काएपछि धनकुटामा अनिश्चितकालीन कर्फ्यू लगाइएको छ । 

धनकुटालाई प्रदेश नं. १ को राजधानी बनाउन माग गर्दै प्रदर्शनकारीले सरकारी कार्यालयमा आगजनी गर्नुका साथै एम्बुलेन्स र दमकलमा पनि तोडफोड गर्न थालेपछि जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी गरेको हो ।

३४ दिनदेखि चलिरहेको आन्दोलन र  हडतालका धनकुटा क्षेत्रको जनजीवन प्रभावित भएको छ । बुधबार सरकारले प्रदेश नं. १ को अस्थायी राजधानी विराटनगर तोकेपछि धनकुटाको आन्दोलनले झनै ठुलो रुप लिएको हो ।
 

सम्बन्धित समाचार

प्रादेशिक राजधानी धनकुटा बनाउन पहल गरिने

काठमाडौँ ।  विभिन्न दलका नेता तथा प्रदेश सदस्यले प्रदेश नं १ को स्थायी राजधानी धनकुटालाई बनाउन पहल गरिने प्रतिबद्धता व्यक्त गरेका छन्  ।  प्रादेशिक राजधानी धनकुटा अभियान समितिले आज यहाँ आयोजना गरेको कार्यक्रममा

धनकुटामा चिज बनाउन दूधको अभाव

धनकुटा । जिल्लाका पकेट क्षेत्रमा खोलिएका उद्योगमा दूध अभावका कारण चिज उत्पादनमा समस्या भएको छ ।  ढुवानीसँगै दूधमा हुने मिसावटका कारण शुद्ध गाईको दूध अभावमा छथर जोरपाटीस्थित कामधेनु दुग्ध विकास सहकारी

धनकुटामा निषेधाज्ञा हटाइयो 

धनकुटा ।  धनकुटामा विगत पाँच दिनदेखि जारी निषेधाज्ञा सोमबार ३ बजेदखि मंगलबार ७ बजेसम्मको लागि हटाइएको छ । बजारको शान्ति सुरक्षा सुदृढ हुँदै गएपछि छोटो समयका लागि निषेधज्ञा हटाइएको धनकुटाका प्रमुख

धनकुटा काँग्रेसका सबै तहका पदाधिकारीद्वारा सामुहिक राजीनामा

धनकुटा ।  प्रदेश नम्बर १ को राजधानी धनकुटा नतोकेको भन्दै नेपाली काँग्रेस धनकुटाले सामुहिक राजीनामा दिएका छन् । शनिवार पत्रकार सम्मेलन गर्दै नेपाली काँग्रेससँग सम्वद्ध रहेको जिल्ला कार्य समिति, गाउँपालिका, नगरपालिका