• २०८१ बैशाख ७ शुक्रबार

रुसले उत्तर कोरियालाई सघाइरहेको ट्रम्पको आरोप 

kharibot

उत्तर अमेरिका । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसंघको कडा नाकाबन्दीका बाबजुद रुसले उत्तर कोरियालाई सघाएको आरोप लगाएका छन् । रुसको विरलै आलोचना गर्ने ट्रमपले रोयटर्ससँगको अन्तर्वार्ताका क्रममा उक्त आरोप लगाएको सीएनएनले उल्लेख गरेको छ । 

‘रुसले हामीलाई उत्तर कोरियाको मामिलामा मद्दत गरिरहेको छैन’, ट्रम्पले भनेका छन्, ‘चीनले जुन सहयोग गरिरहेको छ, रसियाले त्यसविपरीत गरिहेको छ ।’ राष्ट्रसंघले पछिल्लो समय उत्तर कोरियाविरुद्ध कडा नाकाबन्दी केही महिनापहिले मात्रै लगाएको थियो ।

इन्धन, कोइला, सिफुड, कोरियाली कामदार लगायतमाथि राष्ट्रसंघले कडा प्रतिबन्ध लगाए पनि रुसेली पानीजहाजले समुद्रको बीचमै उत्तर कोरियाली पानीजहाजमा इन्धन भरेको अमेरिकीहरुले आरोप लगाउँदै आइरहेका बेला ट्रम्पले त्यसको निन्दा गरेका हुन् । 

त्यस्तै पछिल्लो समय दुई कोरियाबीच भइरहेको वार्ताको पनि ट्रम्पले समर्थन गर्दै आएका छन् । दक्षिण कोरियाले आफ्नो देशमा हुनलागेको ओलम्पिकमा दुई कोरियाका खेलाडीले एकताको झण्डामुनि मार्च पास गर्ने उत्तर कोरियासँग सहमति गरिसकेको छ । 

अमेरिकाले रुस र चीनले संयुक्त राष्ट्रसंघको कडा प्रतिबन्धका बाबजुद उत्तर कोरियालाई सघाइरहेको आरोप लगाउँदै आएका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै