रुसले उत्तर कोरियालाई सघाइरहेको ट्रम्पको आरोप 

खरीबोट
ad

उत्तर अमेरिका । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसंघको कडा नाकाबन्दीका बाबजुद रुसले उत्तर कोरियालाई सघाएको आरोप लगाएका छन् । रुसको विरलै आलोचना गर्ने ट्रमपले रोयटर्ससँगको अन्तर्वार्ताका क्रममा उक्त आरोप लगाएको सीएनएनले उल्लेख गरेको छ । 

‘रुसले हामीलाई उत्तर कोरियाको मामिलामा मद्दत गरिरहेको छैन’, ट्रम्पले भनेका छन्, ‘चीनले जुन सहयोग गरिरहेको छ, रसियाले त्यसविपरीत गरिहेको छ ।’ राष्ट्रसंघले पछिल्लो समय उत्तर कोरियाविरुद्ध कडा नाकाबन्दी केही महिनापहिले मात्रै लगाएको थियो ।

इन्धन, कोइला, सिफुड, कोरियाली कामदार लगायतमाथि राष्ट्रसंघले कडा प्रतिबन्ध लगाए पनि रुसेली पानीजहाजले समुद्रको बीचमै उत्तर कोरियाली पानीजहाजमा इन्धन भरेको अमेरिकीहरुले आरोप लगाउँदै आइरहेका बेला ट्रम्पले त्यसको निन्दा गरेका हुन् । 

त्यस्तै पछिल्लो समय दुई कोरियाबीच भइरहेको वार्ताको पनि ट्रम्पले समर्थन गर्दै आएका छन् । दक्षिण कोरियाले आफ्नो देशमा हुनलागेको ओलम्पिकमा दुई कोरियाका खेलाडीले एकताको झण्डामुनि मार्च पास गर्ने उत्तर कोरियासँग सहमति गरिसकेको छ । 

अमेरिकाले रुस र चीनले संयुक्त राष्ट्रसंघको कडा प्रतिबन्धका बाबजुद उत्तर कोरियालाई सघाइरहेको आरोप लगाउँदै आएका छन् । 

सम्बन्धित समाचार

सैन्य अभ्यासको अन्त्य नभएसम्म कुनैपनि बैठकमा नबस्ने उत्तर कोरियाको अडान

सोल ।  उत्तर र दक्षिण कोरियाका उच्चस्तरीय अधिकारीको बैठक अझै बस्न सकेको छैन । गएको बुधबार बस्ने भनिएको सो बैठक हप्तादिनसम्म पनि बस्न नसकेको बताइएको छ ।  दक्षिण कोरियाको सोलमा जारी रहेको सैन्य

बाह्र लाख भारुसहित एक पक्राउ

पर्सा । ठूलो परिमाणमा भारतीय रुपैयाँसहित पक्राउ परेका एक व्यक्तिलाई आज पर्सा प्रहरीले सार्वजनिक गरेको छ ।  प्रहरीले नियमित चेकाजाँचका क्रममा वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकमा १२ लाखभन्दा बढी भारतीय रुपैयाँसहित पक्राउ

सैनिक अभ्यासको विरोध गर्दै उत्तर कोरियाले दियो चेतावनी, ट्रम्पसँगको भेटवार्ता रद्ध हुन सक्ने ! 

काठमाडौँ । उत्तर कोरियाले अमेरिकालाई चेतावनी दिदै दक्षिण कोरियासँगको उच्च स्तरीय वार्तालाई रद्ध गरेको छ । अमेरिका र दक्षिण कोरीयाले संयुक्त सेनाको अभ्या लाई निरन्तरता दिएपछि उत्तर कोरियाले आफ्नो असन्तुष्टि व्यक्त

सन्दीपले गरे फेसबुक लाइभ मार्फत फ्यानहरुसँग प्रत्यक्ष कुराकानी (भिडियो सहित)

काठमाडौँ । दिल्ली डेयरडेभिल्सबाट आइपिएल खेलिरहेका नेपाली युवा बलर सन्दीप लामिछानेले दिल्ली टिममा आफ्नो अनुभव निकै महत्वपूर्ण भैरहेको बताएका छन् । मंगलबार दिउँसो आफ्ना फ्यानहरुसँग दिल्ली डेयरडेभिल्सको फेसबुक पेज  लाइभमार्फत कुरा