• २०८१ बैशाख ७ शुक्रबार

राप्रपा राष्ट्रवादीले दियो सातै प्रदेशमा संयोजकको जिम्मेवारी, को को परे ?

kharibot

काठमाडौँ ।  एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) ले देशभर संंगठन सुदृढीकरण गर्ने उद्देश्यले सातै प्रदेशमा पदाधिकारी तथा केन्द्रीय नेतालाई संयोजक तोकेको छ । 

प्रदेश १ मा दीपेन्द्र भण्डारी, प्रदेश २ मा महामन्त्री रामप्रताप साह, प्रदेश ३ मा महामन्त्री श्याम तिमल्सिना, प्रदेश ४ मा उपाध्यक्ष ऋषिबाबु परियार, प्रदेश ५ मा सहमहामन्त्री कैलाश गुरुङ, प्रदेश ६ मा केन्द्रीय सदस्य वृखबहादुर कठायत र प्रदेश ७ मा तीर्थप्रसाद श्रेष्ठलाई पार्टीको बुधबार साँझ बसेको उच्चस्तरीय बैठकले संयोजकको जिम्मेवारी दिएको आज जनाइएको छ । 

पार्टीका केन्द्रीय सदस्य सुन्दर पाण्डेले नवनियुक्त संयोजकले सम्बन्धित प्रदेशमा विभिन्न राजनीतिक गतिविधि सञ्चालन गर्ने, स्थानीय जनतासँग समन्वय गर्ने र सांगठनिक संरचनामा सुधार गर्न वैठकले निर्देशन दिएको जानकारी दिए । 

यसअघिको केन्द्रीय समितिको बैठकले गत मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीले पराजय भोगेपछि स्थानीय तहदेखि नै बलियो संगठन निर्माण गर्ने निष्कर्ष निकालेको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै