राप्रपा राष्ट्रवादीले दियो सातै प्रदेशमा संयोजकको जिम्मेवारी, को को परे ?

खरीबोट

काठमाडौँ ।  एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) ले देशभर संंगठन सुदृढीकरण गर्ने उद्देश्यले सातै प्रदेशमा पदाधिकारी तथा केन्द्रीय नेतालाई संयोजक तोकेको छ । 

प्रदेश १ मा दीपेन्द्र भण्डारी, प्रदेश २ मा महामन्त्री रामप्रताप साह, प्रदेश ३ मा महामन्त्री श्याम तिमल्सिना, प्रदेश ४ मा उपाध्यक्ष ऋषिबाबु परियार, प्रदेश ५ मा सहमहामन्त्री कैलाश गुरुङ, प्रदेश ६ मा केन्द्रीय सदस्य वृखबहादुर कठायत र प्रदेश ७ मा तीर्थप्रसाद श्रेष्ठलाई पार्टीको बुधबार साँझ बसेको उच्चस्तरीय बैठकले संयोजकको जिम्मेवारी दिएको आज जनाइएको छ । 

पार्टीका केन्द्रीय सदस्य सुन्दर पाण्डेले नवनियुक्त संयोजकले सम्बन्धित प्रदेशमा विभिन्न राजनीतिक गतिविधि सञ्चालन गर्ने, स्थानीय जनतासँग समन्वय गर्ने र सांगठनिक संरचनामा सुधार गर्न वैठकले निर्देशन दिएको जानकारी दिए । 

यसअघिको केन्द्रीय समितिको बैठकले गत मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीले पराजय भोगेपछि स्थानीय तहदेखि नै बलियो संगठन निर्माण गर्ने निष्कर्ष निकालेको थियो । 

सम्बन्धित समाचार

राप्रपा राष्ट्रवादीको वेबसाइट सञ्चालनमा

काठमाडौँ । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादी ले पार्टीका गतिविधिबारे जनसाधारणलाई जानकारी दिन वेबसाइट शुरु गरेको छ ।  पार्टीले आजदेखि सञ्चालनमा ल्याएको www.unitedrppr.org नामक वेबसाइटमा देशभर सञ्चालन गरिएका गतिविधिलाई समाचारका रुपमा

राप्रपा राष्ट्रवादीले दियो सातै प्रदेशमा संयोजकको जिम्मेवारी, को को परे ?

काठमाडौँ ।  एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) ले देशभर संंगठन सुदृढीकरण गर्ने उद्देश्यले सातै प्रदेशमा पदाधिकारी तथा केन्द्रीय नेतालाई संयोजक तोकेको छ ।  प्रदेश १ मा दीपेन्द्र भण्डारी, प्रदेश २ मा महामन्त्री रामप्रताप

राप्रपा राष्ट्रवादी पृथ्वीपथतिर

काठमाडौँ ।  एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादी ले हिन्दू राष्ट्र नेपालको पहिचान, राष्ट्रिय चरित्रको संवैधानिक राजसंस्था र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्थालाई कार्यदिशा बनाएको छ ।  पृथ्वीपथ नाम दिइएको पार्टीको चिन्तन र